१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुटवलका दुई रेस्टुरेन्टमा बालश्रम प्रयोग भएको पुष्टि, तीन बालक उद्धार

अ+ अ-

काठमाडौँ । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ स्थित दुई रेस्टुरेन्टमा बालश्रम प्रयोग भएको पुष्टि भएपछि तीन जना बालकलाई उद्धार गरिएको छ।

संयुक्त अनुगमनका क्रममा बालश्रम प्रयोग भएको भेटिएपछि सम्बन्धित प्रतिष्ठानलाई जरिवाना गर्नुका साथै पीडित बालकलाई बाँकी पारिश्रमिक र क्षतिपूर्ति उपलब्ध गराइएको हो।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार श्रम तथा रोजगार कार्यालयको समन्वयमा साउन ७ गते गरिएको निरीक्षणमा बुटवलस्थित राजु रेस्टुरेन्ट र सुशान्त रेस्टुरेन्टमा बालकहरू श्रमिकका रूपमा कार्यरत रहेको फेला परेको थियो।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय बुटवल, बुटवल उपमहानगरपालिका तथा सिविन नेपाल बाल हेल्पलाइन १०९८ सम्मिलित संयुक्त टोली सहभागी थियो। निरीक्षणका क्रममा राजु रेस्टुरेन्टबाट एक जना तथा सुशान्त रेस्टुरेन्टबाट दुई जना गरी तीन बालकको उद्धार गरिएको विभागले जनाएको छ।

उद्धारपछि उनीहरूलाई तत्काल संरक्षणका लागि सिविन नेपालको आपत्कालीन बासगृहमा राखिएको थियो। आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई आफन्तको जिम्मा लगाइएको विभागले उल्लेख गरेको छ।

बालश्रम प्रयोग गरेको कसुरमा दुवै रेस्टुरेन्टलाई जनही ५० हजार रुपैयाँका दरले प्रशासनिक जरिवाना गरिएको छ। साथै, श्रम ऐनबमोजिम काम गरेको अवधिको आधारमा बाँकी पारिश्रमिक र क्षतिपूर्ति रकम पनि उपलब्ध गराइएको छ।

यसअन्तर्गत राजु रेस्टुरेन्टमा कार्यरत बालकले ३ लाख ८४ हजार ३४९ रुपैयाँ प्राप्त गरेका छन् भने सुशान्त रेस्टुरेन्टमा कार्यरत दुई बालकलाई क्रमशः १ लाख ८७ हजार ४८६ रुपैयाँ र ४१ हजार ५३६ रुपैयाँ उपलब्ध गराइएको छ। यसरी तीनै जनालाई कुल ६ लाख १३ हजार ३७१ रुपैयाँ पारिश्रमिक तथा क्षतिपूर्ति भुक्तानी गरिएको विभागले जनाएको छ।

सम्बन्धित रेस्टुरेन्ट सञ्चालकलाई भविष्यमा कुनै पनि अवस्थामा बालश्रम प्रयोग नगर्न सचेत गराइएको विभागले उल्लेख गरेको छ।

0 Comments