१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छ’ : ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान राजनीतिक अवस्था र सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले सरकार असफल भएमा त्यसले समग्र मुलुकलाई नै असफल राष्ट्र बनाउनेतर्फ सचेत गराएका हुन् ।

पूर्वप्रधानमन्त्री दाहालले जनताको ठूलो आशा र अपेक्षाका साथ वर्तमान सरकार गठन भए पनि सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको क्षेत्रमा अपेक्षाकृत काम हुन नसकेको बताए ।

उनले सरकारका पछिल्ला गतिविधिहरूले नकारात्मक उदाहरण प्रस्तुत गरेको भन्दै सुकुम्वासी समस्या, ट्रेड युनियनको अधिकार, विद्यार्थीका सवाल र भौगोलिक सिमाना जस्ता संवेदनशील विषयमा सरकार गम्भीर नदेखिएको आरोप लगाए ।

लगानी, उत्पादन, रोजगारी, पुँजीगत खर्च र राजस्व संकलन जस्ता आर्थिक सूचकहरू सन्तोषजनक नभएको र कर प्रणालीका कारण जनतामा त्रास पैदा भएको उनको भनाइ छ ।

उनले भने, ‘अहिले पनि देशको राजनीति सहज भएको छैन । यो कुरा यहाँ स्पष्ट रूपमा भन्न चाहन्छु । नेपाली जनताले आशा र अपेक्षाका साथ राष्ट्रिय स्वतन्त्र पार्टीलाई उल्लेखनीय जनमत दिएका थिए । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा ठोस काम हुने अपेक्षा जनतामा थियो । विगतका बेथिति र अराजकताको जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्छ । राम्रो कामको जस र नराम्रो कामको अपजस पनि नेतृत्वले नै वहन गर्नुपर्छ भन्ने मेरो धारणा आज पनि यथावत् छ । सुरुमा मैले सरकारलाई सुझाव, टिप्पणी र सामान्य आलोचनाका रूपमा केही कुरा राखेको थिएँ । मेरो अपेक्षा थियो, सरकारले त्यसलाई गम्भीर रूपमा लिएर जनताको आशाअनुसार जिम्मेवार कदम चाल्नेछ । तर त्यसो हुन सकेन। बरु एकपछि अर्को नकारात्मक उदाहरण देखिँदै गए । चाहे सुकुम्वासी समस्या होस्, ट्रेड युनियनका अधिकार, विद्यार्थीका सवाल, सिमाना र राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषय हुन् वा लगानी, उत्पादन, रोजगारी, पुँजीगत खर्च, राजश्व संकलन, बजार विकास र कर प्रणालीका मुद्दा–धेरै क्षेत्रमा जनतामा निराशा बढ्दै गएको देखिन्छ । सरकारबाट धेरै अपेक्षा गरेका जनतामा अहिले निराशा र चिन्ता बढेको छ । कतिपयले त अवस्था विगतभन्दा पनि कमजोर हुने हो कि भन्ने आशंका व्यक्त गर्न थालेका छन् । म यही चिन्ताका साथ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

संविधान कार्यान्वयनको सन्दर्भमा दाहालले सरकारको नियतमाथि प्रश्न उठाए । हजारौँको बलिदानबाट प्राप्त समावेशी लोकतन्त्र र संविधानलाई कमजोर पार्ने वा पुनर्लेखन गर्ने खेल भइरहेको त छैन भन्ने आशंका उब्जिएको उनले उल्लेख गरेका छन्।

0 Comments