१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्लास्टिकजन्य फोहोर न्यूनीकरण अभियानमा संघीय सरकारको साथ रहने मन्त्री चौधरीको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले खोटाङको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले सुरु गरेको प्लास्टिक तथा शिशाजन्य फोहोरमुक्त सार्वजनिक स्थल निर्माण अभियानलाई संघीय सरकारबाट आवश्यक सहयोग उपलब्ध गराइने बताएकी छन्।

साउन १८ गते आयोजित ‘प्लास्टिक तथा शिशाजन्य फोहोरमुक्त सार्वजनिक स्थल : जलवायुमैत्री र सभ्य नगर निर्माण महाअभियान’ को शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री चौधरीले उक्त अभियानलाई समयसापेक्ष, दूरदर्शी तथा अन्य स्थानीय तहले पनि अनुकरण गर्न सक्ने पहलका रूपमा व्याख्या गरिन्।

मन्त्री चौधरीले प्लास्टिक तथा शिशाजन्य फोहोरले वातावरण, जैविक विविधता, कृषि उत्पादन, जलस्रोत र मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको उल्लेख गर्दै यसको व्यवस्थापनलाई सरकारी कार्यक्रम मात्र नभई जन सहभागिता मूलक अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याइन्।

उनले कम प्रयोग, पुन:प्रयोग र पुनर्चक्रण अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्दै फोहोरको स्रोतमै वर्गीकरण, पुन:प्रयोग र पुनर्चक्रणलाई प्राथमिकता दिनुपर्ने बताइन्। यसबाट फोहोरलाई आर्थिक स्रोतमा रूपान्तरण गर्दै हरित रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ थियो।

वातावरण संरक्षण सरकारको मात्र नभई प्रत्येक नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै मन्त्री चौधरीले स्थानीय समुदाय, विद्यालय, युवा, महिला समूह, निजी क्षेत्र तथा सञ्चारमाध्यमको सक्रिय सहभागिताबिना यस्ता अभियान सफल हुन नसक्ने बताइन्।

उनले सरकारले एक पटक प्रयोग हुने प्लास्टिकको प्रयोग न्यूनीकरण गर्न आवश्यक कानुनी व्यवस्था अघि बढाइरहेको जानकारी दिँदै स्थानीय तहबाट सञ्चालन भइरहेका सृजनशील वातावरणीय अभियानलाई संघीय सरकारको तर्फबाट नीतिगत, प्राविधिक तथा समन्वयात्मक सहयोग निरन्तर उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरिन्।

मन्त्री चौधरीले खोटाङबाट सुरु भएको यो अभियान अन्य स्थानीय तहका लागि पनि प्रेरणादायी अभ्यास बन्ने विश्वास व्यक्त गर्दै सफल कार्यान्वयनका लागि दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकालाई शुभकामना व्यक्त गरिन्।

0 Comments