१९ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राविधिक सहायक सिंहप्रति श्रद्धाञ्जली व्यक्त

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको एकीकृत कृषि प्रयोगशाला, सुर्खेतले आफ्ना कर्मचारी नायब प्राविधिक सहायक चन्द्रा सिंहको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली तथा शोक वक्तव्य जारी गरेको छ। उक्त कार्यालयले उनी २७ वर्षको उमेरमा साउन १५ गते सरकारी निवासमा निधन भएको जनाएको छ।

प्रयोगशालाद्वारा जारी वक्तव्यमा सिंहको निधनले प्रयोगशाला परिवारलाई गहिरो आघात पुगेको उल्लेख गर्दै उनले करिब दुई वर्षसम्म इमानदारी, लगनशीलता र जिम्मेवारीका साथ सेवा पुर्‍याएको स्मरण गरिएको छ।

वक्तव्यमा सिंहको निधनलाई राष्ट्र सेवामा समर्पित एक कर्तव्यनिष्ठ कर्मचारीको अपूरणीय क्षतिका रूपमा उल्लेख गर्दै स्वर्गीय आत्माको चिर सान्तीको कामना गरिएको छ। साथै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना पनि गरिएको छ।

प्रयोगशालाका कार्यालय प्रमुख परशुराम रावतद्वारा हस्ताक्षरित उक्त शोक वक्तव्य सोमबार सार्वजनिक गरिएको हो।

उल्लेखनीय छ, चन्द्रा सिंहको मृत्यु प्रकरणमा प्रहरीले आत्महत्या दुरुत्साहनको आरोपमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका एक नायब सुब्बालाई पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

0 Comments