२० श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीको प्रलोभनमा पारी २४ लाख ३४ हजार ठगी गर्ने चार जना पक्राउ 

अ+ अ-

काठमाडौँ । आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्तिहरूमा नुवाकोट स्थायी ठेगाना भई हाल काठमाडौँ बस्ने ४१ वर्षीय  मनोहर मुडभरीले एक व्यक्तिलाई मौरिसस पठाउने प्रलोभन देखाई ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको भेटिएको छ। उनलाई साउन १९ गते ललितपुरबाट पक्राउ गरिएको हो । त्यसैगरि बाजुरा घर भई हाल काठमाडौँ बस्ने २६ वर्षीय अनिल मल्लले कम्बोडिया पठाउने भन्दै ८ लाख ८४ हजार रुपैयाँ ठगी गरेको भेटिएको छ। उनलाई साउन २० गते काठमाडौँको वडा नं. ११ बाट पक्राउ गरिएको हो । 

कास्की स्थायी घर भई हाल टोखा बस्ने ३४ वर्षीया  कमला पौडेल सुनारले रोमानिया पठाउने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा साउन २० गते काठमाडौँको वडा नं. २६ बाट पक्राउ गरिएको हो। पाँचथर घर भई हाल काठमाडौँ बस्ने ४१ वर्षीय  तुलसीराम  ढुङ्गेलले युएई पठाउने प्रलोभन देखाई ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा साउन २० गते काठमाडौँको वडा नं. ९ बाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार यी व्यक्तिहरूले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम असुल गर्ने तर लामो समयसम्म नपठाई सम्पर्कविहीन हुने गरेको पाइएको छ। पीडितहरूले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् । 

पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

0 Comments