२१ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राजनीति सेवा हुनुपर्छ, पेशा होइन’: सांसद केरुङ

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस सांसद नरेन्द्र केरुङले राजनीतिलाई पेशा नभई सेवाको रूपमा ग्रहण गर्नुपर्ने बताएका छन् ।

नेपाल अडिटर्स एशोसिएशन (अडान) द्वारा आयोजित कार्यक्रममा बोल्दै सांसद केरुङले हरेक राजनीतिक व्यक्तित्वको आफ्नै मौलिक पेशा हुनुपर्ने र राजनीतिलाई मात्र आर्जनको माध्यम बनाउँदा समाजमा भ्रष्टाचार र विकृति बढ्ने बताएका हुन् । आफू पनि लेखा व्यवसायबाटै आएको स्मरण गर्दै उनले संसदीय कार्यकालका लागि आफ्नो पेशागत प्रमाणपत्र (लाइसेन्स) पाँच वर्षका लागि नेपाल चार्टर्ड एकाउन्टेण्ट्स संस्था (आईक्यान)मा स्थगन गराएको जानकारी दिए । सांसद केरुङले मुलुकको आर्थिक अनुशासन कायम गर्न र पारदर्शिता सुदृढ बनाउन लेखा परीक्षकहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

टोल विकास समितिदेखि अर्बौँको कारोबार गर्ने कर्पोरेट हाउसहरूको हिसाबकिताब हेर्ने जिम्मेवारी लेखा परीक्षककै काँधमा रहेको उनको भनाइ छ । सांसद केरुङले मुलुकमा दर्तावाल लेखा परीक्षक (आरए) हरूको संख्या क्रमशः घट्दै गएकोमा गम्भीर चासो व्यक्त गरे । नयाँ दर्ता प्रक्रिया रोकिएका कारण भविष्यमा दुर्गम क्षेत्रका साना संघ–संस्था र टोल विकास समितिहरूको लेखा परीक्षण गर्ने जनशक्तिको अभाव हुन सक्ने उनले औँल्याए । 

उनले भने, ‘राजनीतिलाई नै पेशा ठान्ने हो भने भ्रष्टाचारको दुर्गन्ध बाहिर आउँछ । त्यसैले एउटा स्वच्छ समाज निर्माणका लागि राजनीति गर्ने व्यक्तिमा सेवा भाव र छुट्टै पेसागत पहिचान हुनु अनिवार्य छ । चार्टर्ड एकाउन्टेण्ट्स (सीए)हरू गाउँका साना उपभोक्ता समिति वा ५० हजारको कारोबार गर्ने टोल विकास संस्थाको लेखा परीक्षण गर्न पुग्न कठिन हुन्छ । त्यसैले निश्चित मापदण्ड र परीक्षाको व्यवस्था गरी दर्तावाल लेखा परीक्षकहरूको नवीकरण वा नयाँ अनुमति दिने व्यवस्था मिलाउनुपर्छ । संसारमा भर्ना हुन सजिलो र निस्कन गाह्रो विधाको रूपमा लेखा शिक्षा परिचित छ, तर नेपालमा यसको नतिजा र उत्पादनको अवस्थालाई हेरेर समयसापेक्ष सुधार गर्नुपर्ने देखिन्छ ।’

आईक्यानबाट उत्पादित जनशक्तिको संख्या न्यून रहेको र धेरै विद्यार्थी पलायन भइरहेको भन्दै उनले पाठ्यक्रम परिमार्जनको आवश्यकता रहेको बताए । आफू जनप्रतिनिधिको भूमिकामा रहे पनि कार्यकाल सकिएपछि पुनः आफ्नै पेशामा फर्किने उनले उद्घोष गरे । 

0 Comments