२५ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक सेवा आयोगका पदाधिकारीका लागि प्रस्तुतीकरण र अन्तर्वार्ता भदौ पहिलो साताबाट

अ+ अ-

काठमाडौँ । शिक्षक सेवा आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस प्रक्रियामा रहेका संक्षिप्त सूचीका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना र अवधारणा प्रस्तुत गर्ने कार्यक्रमसँगै अन्तर्वार्ताको मिति निर्धारण गरिएको छ।

उपलब्ध सूचनाअनुसार अध्यक्ष, सदस्य तथा महिला सदस्य पदका लागि छनोट भएका उम्मेदवारहरूले भदौ २ देखि ४ गतेसम्म अवधारणा पत्रमा आधारित व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ। त्यसपछि भदौ ५ देखि ८ गतेसम्म अन्तर्वार्ता सञ्चालन हुनेछ।

कार्यक्रम लोक सेवा आयोगको केन्द्रीय कार्यालय, कमलपोखरीमा हुनेछ। उम्मेदवारले आवेदनका क्रममा बुझाएका कागजातका सक्कल प्रति साथमा लिएर तोकिएको समयभन्दा कम्तीमा एक घण्टा अगाडि कार्यक्रमस्थलमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।

निर्धारित प्रस्तुतीकरण वा अन्तर्वार्ताको दिन सार्वजनिक बिदा परे पनि कार्यक्रमको कार्यतालिकामा कुनै परिवर्तन नहुने आयोगले स्पष्ट पारेको छ।

अध्यक्ष पदका लागि संक्षिप्त सूचीमा मधुसूदन अधिकारी, यादवप्रसाद कोइराला, रघुराम विष्ट, डा. रोजनाथ पाण्डे, सुरेश अधिकारी र डा. हरिप्रसाद लम्साल छन्।

त्यस्तै सदस्य पदमा इन्द्रमणि पोखरेल, एकनारायण शर्मा, कृष्ण गोसाई, डम्बरकुमार बतास, डा. मुकुन्दमणि खनाल, रामशरण सापकोटा, रामाशीष यादव, शिवकुमार कार्की, सरोज कुमार के.सी. र हीरामणि शर्मा छनोट भएका छन्।

महिला सदस्य पदका लागि डा. दिव्या दवाडी, पवित्रा सुवेदी, राज्यलक्ष्मी श्रेष्ठ, विष्णु घिमिरे रिमाल तथा शिवकुमारी बराल घिमिरे संक्षिप्त सूचीमा परेका छन्।

0 Comments