२६ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करार तथा ज्यालादारी कर्मचारीको रोजगारी सुनिश्चित गर्न माग, सेवा सुविधा र उपदानको व्यवस्था प्रस्ताव

अ+ अ-

काठमाडौँ । संघीय सरकारको करार सेवामा कार्यरत कर्मचारीसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा आफूहरूको रोजगारी तथा सेवा सुविधा सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।

करार व्यवस्थापन अध्ययन समितिलाई सम्बोधन गर्दै सम्बन्धित कर्मचारीहरूले अस्थायी, करार तथा ज्यालादारी सेवामा रहेका कर्मचारीको रोजगारीको निरन्तरता र सेवा सुरक्षासहित विभिन्न विषयमा सुझाव दिएका हुन् ।

उनीहरूले राज्यका निकायमा लामो समयदेखि सेवा दिँदै आएका कर्मचारीलाई केवल करारको प्रकृतिका आधारमा रोजगारीबाट विस्थापित गर्ने अवस्था आउन नहुने बताएका छन् । कार्यरत सबै अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको रोजगारी सुरक्षित हुने व्यवस्था गर्नुपर्ने उनीहरूको मुख्य माग छ ।

सुझावमा कर्मचारीलाई कार्यरत पदअनुसारको प्रारम्भिक तलबमान तथा प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने उल्लेख छ । मन्त्रिपरिषद्का पूर्वनिर्णय अनुसार प्राप्त हुने सेवा-सुविधा निरन्तरता दिनुपर्ने तथा सर्वोच्च अदालतबाट यससम्बन्धी विषयमा भएका आदेशसमेत कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ ।

त्यसैगरी करार सेवामा रहेका कर्मचारीलाई महँगी भत्ता उपलब्ध गराउने, सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने र प्रत्येक वर्ष करार सम्झौता नवीकरण गर्ने व्यवस्था गर्न सुझाव दिइएको छ । निजामती कर्मचारीसरह उपलब्ध हुने प्रसूति लगायतका सेवा सुविधाको सुनिश्चितता गर्नुपर्ने विषयसमेत सुझावमा समेटिएको छ ।

करार सेवाबाट अवकाश दिने अवस्था आएमा समेत कर्मचारीले राज्यका विभिन्न तहअन्तर्गत लामो समय गरेको सेवाको उचित मूल्यांकन हुनुपर्ने माग गरिएको छ । संघ, प्रदेश तथा स्थानीय तहमा निरन्तर रूपमा मासिक तलब तथा भत्ता प्राप्त गर्दै सेवा गरेका अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई सेवा अवधिका आधारमा मूल्यांकन गरी उपदानको व्यवस्था गरेर मात्रै सेवाबाट अलग गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

सरकारले करार सेवामा कार्यरत कर्मचारीसम्बन्धी निर्णय कार्यान्वयनको प्रक्रिया अघि बढाइरहेका बेला कर्मचारी पक्षबाट रोजगारीको स्थायित्वसँगै न्यूनतम सेवा सुरक्षाका विषयलाई नीतिगत रूपमा सम्बोधन गर्न माग गरिएको हो ।

सुझाव पत्रमा अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूको तर्फबाट विभिन्न हस्ताक्षरसमेत गरिएको छ ।

0 Comments