२७ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवाको क्षमता र सृजनशीलतालाई राष्ट्र निर्माणमा उपयोग गर्न ‘प्रचण्ड’को आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवाप्रति शुभकामना व्यक्त गर्दै उनीहरूको क्षमता र ऊर्जालाई मुलुकको विकासमा परिचालन गर्नुपर्ने बताएका छन् ।

उनले नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा युवाहरूले निर्वाह गरेको भूमिकालाई महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । विभिन्न परिवर्तनका आन्दोलनमा युवाको संघर्ष र योगदानले देशको राजनीतिक तथा सामाजिक परिवर्तनलाई अघि बढाउन सहयोग गरेको उनको भनाइ छ ।

‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रलगायत प्राप्त राजनीतिक उपलब्धिको संरक्षणसँगै सामाजिक न्याय, समानता, सुशासन र समृद्धिको आधार बलियो बनाउन युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् ।

युवाको क्षमता विकासका लागि शिक्षा र सीपमा पहुँच विस्तार गर्नुका साथै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिएका छन् । राज्यले युवालाई आवश्यक अवसर उपलब्ध गराएर उनीहरूको ऊर्जा, प्रतिभा र सिर्जनात्मक क्षमतालाई राष्ट्रिय विकासको परिणाममुखी क्षेत्रमा प्रयोग गर्नुपर्ने उनको धारणा छ ।

अन्तर्राष्ट्रिय युवा दिवसले युवाको भूमिका र सम्भावनालाई थप प्रभावकारी ढंगले उपयोग गर्ने नीति तथा कार्यक्रम निर्माणका लागि प्रेरणा दिनुपर्ने ‘प्रचण्ड’ले बताएका छन् ।

0 Comments