२७ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी नायव निरीक्षक दिनेश राउत घुस लिएको कसुरमा दोषी ठहर, तोकियो कैद सजाय र जरिवाना

अ+ अ-

काठमाडौँ । विशेष अदालतले प्रहरी नायव निरीक्षक दिनेश राउतलाई २० हजार रुपैयाँ घुस लिएको कसुरमा दोषी ठहर गर्दै एक महिना कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ।

विशेष अदालतको इजलास नं. २ का सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले २०८३ साउन २७ गते फैसला सुनाएको हो।

फैसलाअनुसार काठमाडौँको प्रहरी वृत्त मालिगाउँमा बैंकिङ कसुरसम्बन्धी मुद्दामा मिलापत्र गराउने विषयमा राउतले सेवाग्राहीलाई दुःख-हैरानी दिई २० हजार रुपैयाँ घुस मागेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो।

उजुरीपछि आयोगले सेवाग्राहीलाई १ हजार रुपैयाँ दरका २० थान नोट उपलब्ध गराएको थियो। ती रकम ग्रिन स्टार क्याफेमा राउतलाई बुझाएपछि आयोगको टोलीले उनलाई तत्काल नियन्त्रणमा लिई खानतलासी गर्दा उक्त रकम बरामद भएको अदालतले जनाएको छ।

अदालतका अनुसार २०८२ चैत १७ गते तयार भएको खानतलासी तथा बरामदी मुचुल्कामा उल्लेखित विवरणलाई राउतले समेत स्वीकार गरेका थिए। उजुरीसँगै पेश भएको संवादको विवरणलाई पनि उनले ठोस आधारसहित अस्वीकार गर्न नसकेको फैसलामा उल्लेख छ।

उजुरीकर्ता तथा घटनासँग सम्बन्धित व्यक्तिहरूले अदालतमा गरेको बकपत्रबाट समेत उजुरीको ब्यहोरा र बरामदी मुचुल्कामा उल्लिखित तथ्य पुष्टि भएको आधारमा अदालतले राउतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अन्तर्गतको कसुर गरेको ठहर गरेको हो।

कसुरको मात्रा र बिगोका आधारमा अदालतले राउतलाई एक महिना कैद तथा २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ।

त्यसैगरी अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ (३) बमोजिम ४ प्रतिशतका दरले हुन आउने ८ सय रुपैयाँ क्षतिपूर्ति शुल्क असुल गरी पीडित राहत कोषमा जम्मा गर्न आदेश दिइएको छ।

राउतबाट बरामद भएको २० हजार रुपैयाँ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपलब्ध गराएको रकम भएकाले आयोगलाई नै फिर्ता गर्न अदालतले आदेश दिएको छ।

0 Comments