२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री शाहको राजीनामा स्वीकृत, नयाँ सरकार गठनको आह्वान

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन्। मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत भएपछि संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाइएको हो।

प्रदेश प्रमुखको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री शाहले पदबाट दिएको लिखित राजीनामा साउन २८ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको छ। शाहले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम राजीनामा दिएका हुन्।

प्रदेश प्रमुखले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि दाबी आह्वान गरेका हुन्।

मुख्यमन्त्रीमा दाबी गर्ने प्रदेशसभा सदस्यले आवश्यक बहुमत पुष्टि हुने गरी सम्बन्धित दलहरूको समर्थन पेस गर्नुपर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

नयाँ सरकारको नेतृत्वका लागि दाबी पेस गर्न साउन २९ गते शुक्रबार बिहान ११ बजेसम्मको समय दिइएको छ। निर्धारित समयभित्र बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुपर्नेछ।

0 Comments