२९ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको वैदेशिक भ्रमणमा कडाइ, मनोनयनअघि प्रधानमन्त्री कार्यालयको स्वीकृति अनिवार्य

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन गर्नुअघि प्रधानमन्त्री कार्यालयको स्वीकृति लिनुपर्ने र फर्केर हाजिर भएको पाँच दिनभित्र प्राप्त ज्ञान तथा अनुभव सहकर्मीमाझ अनिवार्य रूपमा आदानप्रदान गर्नुपर्ने भएको छ।

अ+ अ-

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी कर्मचारीको वैदेशिक भ्रमण व्यवस्थित र मितव्ययी बनाउन नयाँ मापदण्ड लागू गरेको छ। अब कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन गर्नुअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने भएको छ।

प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय, आयोग तथा सरकारी निकायलाई परिपत्र गर्दै पूर्वस्वीकृतिबिना कर्मचारीको वैदेशिक भ्रमण तथा मनोनयन नगर्न निर्देशन दिएको हो। नयाँ व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सरकारी निकायमाथि निगरानीसमेत बढाइएको छ।

वैदेशिक अध्ययन, भ्रमण, तालिम, बैठक, गोष्ठी, सेमिनार, कार्यशाला वा सम्मेलनमा सहभागी कर्मचारीले भ्रमणबाट प्राप्त ज्ञान, सीप र असल अभ्यास आफ्ना सहकर्मीसँग अनिवार्य रूपमा आदानप्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ।

नयाँ मापदण्डअनुसार वैदेशिक भ्रमणबाट फर्किएर कार्यालयमा हाजिर भएको पाँच दिनभित्र सम्बन्धित कर्मचारीले आफू कार्यरत निकायका कर्मचारीमाझ भ्रमणको सिकाइ तथा अनुभव प्रस्तुत गरिसक्नुपर्नेछ।

यसबाट विदेशमा प्राप्त ज्ञान र अनुभवलाई सम्बन्धित कर्मचारीमा मात्र सीमित नराखी सरकारी संयन्त्रभित्र संस्थागत रूपमा उपयोग गर्ने सरकारको उद्देश्य छ।

प्रधानमन्त्री कार्यालयले पूर्वस्वीकृतिबिना हुने वैदेशिक भ्रमण तथा मनोनयन पूर्ण रूपमा रोक्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएको छ। भ्रमणको आवश्यकता, उद्देश्य र सम्भावित उपलब्धिको मूल्याङ्कनपछि मात्र स्वीकृति प्रदान गर्ने गरी व्यवस्था कार्यान्वयनमा ल्याइएको हो।

सरकारले नयाँ मापदण्डमार्फत अनावश्यक वैदेशिक भ्रमण नियन्त्रण गर्नुका साथै भ्रमणको औचित्य, सिकाइ र प्रतिफललाई थप पारदर्शी तथा संस्थागत बनाउने लक्ष्य राखेको छ।

0 Comments