३१ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ चारदिने नेपाल भ्रमणमा आउँदै

अ+ अ-

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ चारदिने भ्रमणका लागि आज अपराह्न नेपाल आउने भएका छन्। उनको भ्रमणलाई नेपाल-भारत सैन्य सम्बन्धमा नियमित उच्चस्तरीय संवाद र सहकार्यको निरन्तरताका रूपमा लिइएको छ।

भ्रमणका क्रममा भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरिने कार्यक्रम तय भएको छ। राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा उनलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन्।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार सोही दिन नेपाली र भारतीय सेनाप्रमुखबीच जंगी अड्डामा द्विपक्षीय भेटवार्ता हुनेछ। वार्तामा दुई देशका सेनाबीचको सहकार्य, आपसी सम्बन्ध तथा सैन्य तहमा हुँदै आएको समन्वयका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

नेपाल र भारतबीचको रक्षा तथा सैन्य सम्बन्ध ऐतिहासिक र बहुआयामिक रहँदै आएको छ। दुवै मुलुकका सेनाबीच नियमित उच्चस्तरीय भ्रमणका अतिरिक्त संयुक्त अभ्यास, सैन्य तालिम तथा अनुभव आदानप्रदानका गतिविधि सञ्चालन हुँदै आएका छन्।

दुई देशका सेना प्रमुखलाई एक अर्काको सेनामा मानार्थ महारथीको पदवी दिने अभ्यासले पनि नेपाल-भारतबीचको सैन्य सम्बन्धको विशिष्ट प्रकृति देखाउँदै आएको छ। यो परम्परा सन् १९५० देखि निरन्तर रहँदै आएको हो।

नेपालका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने अभ्यासलाई दुई देशबीचको पारस्परिक सम्मान र मैत्रीपूर्ण सम्बन्धको संस्थागत प्रतीकका रूपमा लिइन्छ।

भारतीय स्थल सेनाध्यक्षको चारदिने नेपाल भ्रमणले उच्च सैन्य तहमा कायम रहेको संवादलाई थप निरन्तरता दिने तथा दुई देशका सेनाबीच विद्यमान सहकार्यलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।

0 Comments