३१ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतर पक्षीय नेताहरूको राष्ट्रिय भेलाले पार्टीको आगामी १५ औँ महाधिवेशन पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने निर्णय गरेको छ । 

साउन २९-३१ गते सम्पन्न भेलाले पार्टीको आन्तरिक सुदृढीकरण र आगामी कार्यदिशाका सम्बन्धमा विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरेको हो । 

भेलाले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औँ महाधिवेशन सम्पन्न गर्ने र त्यसको नेतृत्व सभापति देउवाले नै गर्ने निर्णय गरेको छ । देउवाको नेतृत्वमा पार्टीलाई एकताबद्ध बनाई महाधिवेशन सफल पार्ने दृढता व्यक्त गर्दै महाधिवेशनसम्मका पार्टीका नियमित गतिविधिहरू सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकहरूले संयोजन गर्ने तय गरिएको छ । 

राजनीतिक प्रस्तावअन्तर्गत, भेलाले वि.सं. २०३३ सालमा महामानव बिपी कोइरालाले अवलम्बन गरेको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई वर्तमान सन्दर्भमा पनि सान्दर्भिक ठहर गरेको छ । मुलुकको विद्यमान जटिल परिस्थितिलाई दृष्टिगत गर्दै राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि अन्य लोकतान्त्रिक शक्तिहरूसँग निरन्तर संवाद र सहकार्य गर्ने नीति काँग्रेसले लिएको नेता दीपक कुइँकेलले बताए । 

बैठकका निर्णयहरू सुनाउँदै कुइँकेलले भेलाले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको अभिन्न अंगको रूपमा स्वीकार गरेको बताए । हिन्दु, बौद्ध, किराँत र प्राकृत लगायतका धर्मको संरक्षण गर्ने दायित्व वोध गर्दै धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्न पार्टी प्रतिबद्ध रहने प्रस्ताव पारित गरिएको छ । संविधानको सम्बन्धमा जनअपेक्षा सम्बोधन गर्न आवश्यक संशोधनका लागि संवैधानिक व्यवस्थाअनुसार नै सम्बन्धित पक्षहरूसँग संवाद गरी निकास खोजिने जनाइएको छ । 

भेलामा प्राप्त विभिन्न सुझाव र प्रस्तावहरूलाई परिमार्जनसहित अन्तिम रूप दिने जिम्मेवारी नेता नारायणप्रकाश साउनको संयोजकत्वमा गठन गरिएको समितिलाई दिइएको छ । उक्त समितिमा उमाकान्त चौधरी र सीता राना सदस्य रहेका छन् भने मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेलले सहयोगीका रूपमा कार्य गर्नेछन् । 

0 Comments