२ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन विमानस्थलबाट ३९ किलो थाई गाँजासहित आठ विदेशी पक्राउ

अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३९ किलो २८८ ग्राम थाई गाँजासहित आठ विदेशी नागरिक पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरोको विमानस्थल शाखाबाट खटिएको प्रहरी टोलीले साउन ३२ गते राति दुई छुट्टाछुट्टै उडानबाट नेपाल आएका पाँच म्यानमारी र तीन भारतीय नागरिकलाई पक्राउ गरेको हो।

विदेशबाट हवाई मार्ग हुँदै उच्च मात्रामा ‘टीएचसी’ भएको गाँजा नेपाल भित्र्याउने प्रयास भइरहेको सूचनाका आधारमा यात्रुहरूको ‘प्रोफाइलिङ’ गरी निगरानी बढाइएको ब्युरोले जनाएको छ।

थाइल्यान्डको बैंककबाट थाई एयरवेजको उडान नम्बर टीजी-३१९ मार्फत काठमाडौँ आएका पाँच जना म्यानमारी नागरिकको झोला जाँच गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

उक्त उडानबाट आएका म्यानमारका जार नि लिन, इ इ थ्वे, आङ ब्वार, चुए म्याट थ्वाल सेइन र जिन म्यो आङ पक्राउ परेका छन्।

त्यस्तै, फुकेटबाट बाटिक एयरवेजको उडान नम्बर ओडी-५४१ मार्फत आएका तीन भारतीय नागरिकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतको पञ्जाबका खुशदीप, गुरदीप सिंह र कामिनी छन्।

पक्राउ परेका व्यक्तिहरूले बोकेको लगेज जाँच गर्दा कुल ३९ किलो २८८ ग्राम थाई गाँजा फेला परेको ब्युरोले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट आठ थान राहदानी र आठ थान मोबाइल फोनसमेत बरामद गरेको छ। पक्राउ परेका आठै जनामाथि लागुऔषध ओसारपसारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिएका छन्।

0 Comments