काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र प्रधानमन्त्री वालेन्द्र शाहबीच चालु आर्थिक वर्षमा मन्त्रालयले सम्पादन गर्ने प्राथमिक कार्य तथा प्राप्त गर्ने लक्ष्यलाई समेटेर कार्यसम्पादन सम्झौता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको कार्यक्रममा मन्त्री मेहताले प्रधानमन्त्री शाहसँग सम्झौता पत्रमा हस्ताक्षर गरेकी हुन्। कार्यक्रममा सम्झौताका प्रति दुवै पक्षबीच आदानप्रदानसमेत गरिएको थियो।
कार्यसम्पादन सम्झौताले स्वास्थ्य तथा खाद्य स्वच्छताको क्षेत्रमा चालु आर्थिक वर्षमा अघि बढाइने कामलाई सुशासन, सामाजिक न्याय र समृद्धिका व्यापक सरकारी प्राथमिकतासँग जोडेको छ।






