४ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राज्य व्यवस्था समितिद्वारा पुराना उपसमिति विघटन, दुई नयाँ उपसमिति गठन

अ+ अ-

काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विद्यमान सबै उपसमितिहरूलाई विघटन गरी कार्यगत विशिष्टताका आधारमा दुईवटा नयाँ उपसमिति गठन गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकमाथिको बढ्दो चाप र उजुरीहरूको प्रभावकारी व्यवस्थापनका लागि नयाँ उपसमितिहरू गठन गर्ने निर्णय गरेको हो ।

समितिका सभापति हरि ढकालले बैठकले पुराना उपसमितिहरूमध्ये केहीले कार्य सम्पन्न गरिसकेको र केहीको सान्दर्भिकता परिमार्जन गर्नुपर्ने देखिएकाले ती सबैलाई खारेज गरी नयाँ संरचना तयार गरेको जानकारी दिए।

सरकारले कानून निर्माणलाई प्राथमिकतामा राखेसँगै समितिमा विधेयकहरूको चाप बढ्ने सुनिश्चित भएकाले कार्यलाई थप क्रियाशील र समयबद्ध बनाउन यो कदम चालिएको सभापति ढकालले स्पष्ट पारे ।

समितिले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथि दफावार छलफल गरी प्रतिवेदन पेश गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ । यस उपसमितिको संयोजकमा विश्वराज पोखरेल रहनुभएको छ । उपसमितिमा राप्रपा बाहेकका पाँच दलबाट एक-एक जना र अन्य सदस्यहरू गरी समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

उपसमितिका सदस्यहरूमा दीपकराज बोहरा, निष्कल राई, बब्लु गुप्ता, रबिन्द्र पटेल, यज्ञमणि न्यौपाने, युवराज दुलाल, विष्णुमाया विक, श्रद्धा कुँवर क्षेत्री, हर्कराज राई र ज्ञानबहादुर शाही रहेका थिए । यस उपसमितिलाई विधेयकका सम्बन्धमा विज्ञ, सरोकारवाला र संशोधनकर्ताहरूसँग छलफल गरी गठन भएको मितिले ३० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

समितिमा दर्ता भएका विभिन्न उजुरी, गुनासो र निवेदनहरूको अध्ययन तथा विश्लेषण गरी समाधानका उपाय सिफारिस गर्न ७ सदस्यीय अर्को उपसमिति गठन गरिएको छ ।

यस उपसमितिको संयोजकमा कमल सुवेदी रहेका छन्। उपसमितिका अन्य सदस्यहरूमा गजराज समीन मिकरानी, मोहम्मद इस्तियाक राई, युवराज दुलाल, भरतप्रसाद पराजुली, रेखाकुमारी यादव र सुरेन्द्र चौधरी रहेका छन् । यस उपसमितिलाई ६० दिनको समयावधि दिइएको छ भने यसअघिको उजुरी अध्ययन उपसमितिले गरेका कामहरूलाई समेत निरन्तरता दिने जिम्मेवारी सुम्पिएको छ ।

बैठकमा सभापति ढकालले उपसमितिका सदस्यहरूको छनोट दलीय आधारमा गरिएको र आवश्यकता अनुसार दलका नेताहरूसँगको समन्वयमा सदस्यहरू हेरफेर गर्न सकिने लचकता समेत व्यक्त गरे । यस्तै, आगामी बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आगामी कार्ययोजना र अन्य विविध विषयमा छलफल गरिने जानकारी दिँदै अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको छ ।

0 Comments