५ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदीय सुनुवाइ समितिमा सेना र सुरक्षासँग जोडिएको उजुरी

अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाइ समितिमा सेना र सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी परेको छ ।

शुक्रवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सुरक्षासँग सम्बन्धित उक्त उजुरीलाई आवश्यक कारबाहीका लागि सचिवालयमार्फत सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।  बैठकपछि निर्णयहरू सार्वजनिक गर्दै समिति सभापति वोधनारायण श्रेष्ठले सेना र सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी प्राप्त भएको जानकारी दिए । 

 उक्त विषय रक्षा वा गृह कुन मन्त्रालयसँग बढी सम्बन्धित छ भन्ने विषयमा विस्तृत अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउन समितिको सचिवालयलाई जिम्मेवारी दिइएको छ । सभापति श्रेष्ठकाअनुसार समितिमा प्राप्त उजुरी र त्यसको सुनुवाइ प्रक्रियाका क्रममा उठेका प्रश्नहरूबारे पनि बैठकमा छलफल भएको थियो । प्रस्तावित व्यक्तिको सुनुवाइका क्रममा माग गरिएका सूचनाहरूका सम्बन्धमा समितिले स्पष्ट पारेको छ । सुनुवाइ प्रक्रिया प्रत्यक्ष प्रसारण (लाइभ) र रेकर्ड हुने भएकाले सम्बन्धित व्यक्तिले रेकर्डबाटै आवश्यक जानकारी लिन सक्ने समितिको निष्कर्ष छ ।  

यस्तै, समिति सदस्यहरूले गर्ने व्यक्तिगत अध्ययनको विषय नितान्त निजी हुने भएकाले त्यसको जानकारी सार्वजनिक गरिरहनु नपर्ने र सूचनाको हकसम्बन्धी विषयमा प्रचलित कानून बमोजिम नै प्रक्रिया अघि बढ्ने सभापति श्रेष्ठले बताए। 

बैठकले आगामी १८ र १९ गते समितिका सदस्यहरूका लागि आयोजना गरिने अभिमुखीकरण कार्यक्रमको स्थान र विषयवस्तु तय गर्ने जिम्मेवारी समेत सचिवालयलाई सुम्पिएको छ ।

0 Comments