५ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पुराना र अदालतबाट निरूपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैन’ : उपनेता अर्याल

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलकी उपनेता पदमा अर्यालले संसदीय सुनुवाइ समितिले सिफारिस गरेका व्यक्तिहरूका विरुद्ध परेका पुराना र अदालतबाट फैसला भइसकेका विषयमा पुनः छलफल गरिरहनु आवश्यक नरहेको बताएकी छन् ।

सिंहदरबारमा शुक्रवार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उपनेता अर्यालले समितिले अध्ययन र अनुसन्धान गरेरै सिफारिसको निर्णय गरेको उल्लेख गर्दै उही विषयमा बारम्बार अल्झिन नहुने बताएकी हुन् । 

 उनले प्रस्तावित व्यक्तिहरूका बारेमा नयाँ तथ्य वा प्रमाणसहित गम्भीर प्रकृतिका उजुरी आएमा भने समितिले त्यसलाई ग्रहण गरी आवश्यक अनुसन्धान गर्नुपर्ने स्पष्ट पारिन्। उनले समितिले पर्याप्त अध्ययन गरेरै सिफारिस गरेकाले यसलाई ‘अपरिपक्व’ भन्न नमिल्ने समेत जिकिर गरिन् ।

उजुरीकर्ताले उठाएका कतिपय विषयहरू अदालतमा प्रवेश गरी फैसला समेत भइसकेको सन्दर्भमा उनले न्यायिक प्रक्रियाबाटै समाधान खोजिनुपर्ने बताइन् । 

उनले भनिन्, ‘प्रस्तावित व्यक्तिका विरुद्ध फरक विषयमा तथ्य र प्रमाणसहित उजुरी परेमा हामीले सुन्नुपर्छ र अनुसन्धान पनि गर्नुपर्छ । तर आजको जुन विषय छ, यो पहिले नै सूचना माग गर्दा आएकै कुराको पुनरावृत्ति हो । यस विषयमा समितिले यसअघि नै छलफल र अनुसन्धान गरिसकेको छ । अदालतले फैसला दिइसकेको विषयमा उजुरीकर्तालाई चित्त नबुझे पुनरावेदन गर्ने कानूनी बाटो खुला छ । मार्ग यही नै हो, त्यसैले समितिमा यस विषयमा धेरै छलफल गरिरहनु पर्छ जस्तो लाग्दैन ।’

उनले सिफारिस भइसकेका व्यक्तिका बारेमा नयाँ र गम्भीर विषय आएमा छलफलका लागि ढोका बन्द गर्न नहुने भएपनि पहिले नै ध्यानाकर्षण भई टुङ्गिसकेका विषयमा भने समय खर्चिनु नपर्नेमा जोड दिइन् । 

0 Comments