६ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी नियन्त्रण र सिँचाइलाई एकीकृत रूपमा अघि बढाउन मन्त्री श्रेष्ठको निर्देशन

अ+ अ-

सुनसरी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित सुनसरी खोला तटबन्ध क्षेत्रको आज स्थलगत निरीक्षण गरेका छन् । 

निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले बाढी नियन्त्रण, नदी व्यवस्थापन र सिँचाइ विकासका कामलाई एकीकृत रूपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

निरीक्षणपछि स्थानीयवासी तथा जनप्रतिनिधिसँग भएको छलफलमा उनले सुनसरी खोलाबाट हुने बाढीको जोखिम न्यूनीकरणसँगै सिँचाइ विस्तारका लागि तत्काल गर्न सकिने काम पहिचान गरी कार्यान्वयनमा लैजान जलस्रोत तथा सिँचाइ विभागलाई निर्देशन दिए । 

मन्त्री श्रेष्ठले भोक्राहा नरसिंहको सबस्टेशनसमेत बाढीको उच्च जोखिममा रहेकाले उपलब्ध स्रोत साधनको प्रयोग गरी तत्काल क्षति न्यूनीकरणका उपाय अवलम्बन गर्न र आवश्यक पूर्व तयारी गर्नुपर्ने बताए । उनले तत्काल जोखिम न्यूनीकरणका प्रयाससँगै दीर्घकालीन नदी व्यवस्थापन योजनालाई पनि समानान्तर रूपमा अघि बढाउनुपर्ने धारणा राखे ।

निरीक्षणका क्रममा उनले पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति, प्रसारण लाइन तथा अन्य विद्युत् पूर्वाधारको अवस्थाबारे समेत जानकारी लिए । विद्युत् क्षेत्रमा देखिएका समस्यालाई प्राथमिकताका आधारमा क्रमशः समाधान गर्दै आवश्यक रणनीति निर्माण गर्नुका साथै नीतिगत सुधार आवश्यक देखिए त्यसतर्फ समेत काम गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।

निरीक्षण तथा छलफल कार्यक्रममा सुनसरी क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य दीपककुमार साह, प्रतिनिधिसभा सदस्य सिर्जना श्रेष्ठ, मोरङ–६ का सांसद रुबिना आचार्य, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक डा महेश्वर श्रेष्ठलगायत जनप्रतिनिधिको उपस्थिति थियो ।

0 Comments