८ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहता र मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधानको उपस्थितिमा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा,सूचना तथा सञ्चार केन्द्रको हालसम्मको कार्यप्रगति तथा आगामी कार्यदिशाबारे सोमबार समीक्षा गरिएको छ।

छलफलमा सामुदायिक नर्सिङ सेवाको विकास, ७७ वटै जिल्लामा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)को अवस्था तथा ८ प्रकारका जटिल रोगसम्बन्धी सेवाको अवस्थाबारे समीक्षा गरिएको थियो।

त्यस्तै,राष्ट्रिय स्वास्थ्य शिक्षा,सूचना तथा सञ्चार केन्द्रले चालु आर्थिक वर्षमा सञ्चालन गरेका स्वास्थ्य शिक्षा,स्वास्थ्य प्रवर्द्धन,सूचना तथा सञ्चारसम्बन्धी कार्यक्रमको प्रगति र आगामी योजनाबारे प्रस्तुति दिएको थियो।

केन्द्रका अनुसार मानसिक स्वास्थ्य सचेतना अभियान देशव्यापी रूपमा सञ्चालन गरिएको छ। कक्षा १ देखि १२ सम्मको स्वास्थ्य शिक्षा पाठ्यक्रमको समीक्षा गरी सिफारिस प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण गरिएको छ। त्यस्तै,३२ हजार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई पाठेघरको मुखको क्यान्सर परीक्षणसम्बन्धी सूचना एसएमएसमार्फत पठाइएको छ।

छलफलमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारसँगै समुदाय स्तरमा स्वास्थ्य शिक्षा,स्वास्थ्य प्रवर्द्धन,सामाजिक व्यवहार परिवर्तन तथा सूचना प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा आगामी कार्यदिशा तय गर्नेबारे समीक्षा गरिएको छ।

0 Comments