९ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानलाई थप एक्ल्याउन अमेरिकाद्वारा ‘अपरेशन इकोनोमिक आउटकास्ट’ घोषणा, ६० भन्दा बढी निकायमाथि प्रतिबन्ध

अ+ अ-

काठमाडौँ । अमेरिकाले इरानविरुद्ध आर्थिक डी-डेको चेतावनी दिँदै नयाँ र कठोर प्रतिबन्धहरूको घोषणा गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै इरानलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट पूर्ण रूपमा एक्ल्याउने उद्देश्यले ‘अपरेशन इकोनोमिक आउटकास्ट’ शुरु गरिएको जानकारी दिएका हुन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा चालिएको यस कदमलाई इरानको वित्तीय सञ्जालविरुद्धको एक अभूतपूर्व अभियानका रूपमा हेरिएको छ ।

अर्थमन्त्री बेसेन्टकाअनुसार इरानको तर्फबाट मुद्रा निर्मलीकरण (मनी लाउण्डरिङ) मा सहयोग पुर्‍याउने जुनसुकै निकायलाई अमेरिकी डलर प्रणालीबाट निष्कासित गरिनेछ । 

यस पटकको प्रतिबन्धले विशेष गरी इरानका पाँच वटा मुख्य क्षेत्रहरूलाई लक्षित गरेको छ, डिजिटल सम्पत्ति, प्रविधि, सुन, उड्डयन र ढुवानी (सिपिङ) । यी क्षेत्रहरूलाई इरानले वैदेशिक व्यापार र स्रोत परिचालनका लागि मुख्य आधारका रूपमा प्रयोग गर्दै आएको अमेरिकी दाबी छ ।

नयाँ घोषणासँगै अमेरिकी अर्थ मन्त्रालयको विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले ६० भन्दा बढी संस्थाहरू, व्यक्तिहरू र पानीजहाजहरूमाथि प्रतिबन्ध लगाएको छ । यी निकायहरू इरानको अवैध परमाणु र मिसाइल प्रविधि खरिद, साइबर अपरेशन तथा तेल राजश्व संकलनमा संलग्न रहेको बताइएको छ । अर्थमन्त्री बेसेन्टले चेतावनी दिँदै भने, ‘इरानसँग व्यापारिक सम्बन्ध जारी राख्ने जो कोहीका लागि अब जोखिमको दायरा फराकिलो भएको छ र हामी उनीहरूमाथि कारबाहीको गतिलाई तिब्र बनाउनेछौँ ।’

यसैबीच, राष्ट्रपति ट्रम्पले विश्वका विभिन्न मुलुकका नेताहरूलाई टेलिफोन गर्दै इरानसँगको सम्बन्ध र सहकार्य अन्त्य गर्न आग्रह गरिरहेको समेत मन्त्रालयले जनाएको छ । नयाँ प्रतिबन्धहरूले इरानमाथि अन्तर्राष्ट्रिय आर्थिक दबाब थप बढ्ने निश्चित देखिएको छ ।

0 Comments