काठमाडौँ। हरितालिका तीजलाई लक्षित गर्दै मौलिक तीज गीत ‘नेपाले डोरीमा छैन सितारा’ सार्वजनिक भएको छ। देवी घर्ती, विष्णु प्रसाद शर्मा र नरहरि प्रेमीको स्वर रहेको गीतमा तीजको मौलिक भाकालाई प्रस्तुत गरिएको छ।
गीतको शब्द तथा भाका संयोजन विष्णु प्रसाद शर्माले गरेका हुन् भने संगीत निर्देशन नरहरि प्रेमीको रहेको छ। सुमन रानाले रेकर्ड गरेको गीत मारुनी डिजिटल स्टुडियोमा तयार गरिएको हो। गीतको समूह गायनमा प्रतिभा विश्वकर्मा, आश्मा विश्वकर्मा, अपेक्षा खनाल र अनिल श्रेष्ठ सहभागी छन्।
गीतको भिडियोमा संगम शर्मा र अञ्जन कुँवरको अभिनय रहेको छ। रामजी पौडेल र तुलसी पौडेलले सह–अभिनय गरेका छन्। यमुना पाण्डेले श्रृङ्गार तथा हेम थापाले छायांकनको जिम्मेवारी सम्हालेका छन्।
भिडियोको कोरियोग्राफी अर्जुन बीसीले गरेका हुन् भने राजकुमारले सम्पादन तथा निर्देशन गरेका छन्। गीतको भाका संकलन मिना गिरीले गरेकी हुन्।
तीजको अवसर पारेर सार्वजनिक गरिएको ‘नेपाले डोरीमा छैन सितारा’ले मौलिक तीज भाका, गायन र सांस्कृतिक प्रस्तुतिलाई समेटेको छ।






