१० भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढीमा सेनाको हवाई उद्धार जारी, ८८ जना सुरक्षित स्थानमा सारिए

रसुवामा आएको बाढीबाट प्रभावित ८८ जनाको नेपाली सेनाले हवाई उद्धार गरेको छ। यसअघि दिउँसोसम्म २९ जनाको उद्धार गरिएकोमा पछिल्लो विवरणअनुसार हवाई उद्धार गरिएकाको संख्या ८८ पुगेको हो।

अ+ अ-

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावित ८८ जनाको नेपाली सेनाले हवाई उद्धार गरेको छ।

सैनिक जनसम्पर्क निर्देशनालयले प्रशासनलाई उपलब्ध गराएको पछिल्लो जानकारीअनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार कार्य जारी राखेको छ। पछिल्लो विवरणसम्म ८८ जनाको हवाई उद्धार गरिएको हो।

यसअघि दिउँसो २:४५ बजेसम्म सेनाले २९ जनाको हवाई उद्धार गरेको जानकारी दिएको थियो। त्यसबेला उद्धारका लागि ६ वटा हेलिकप्टर परिचालन गरिएको र थप दुई वटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ जाने क्रममा रहेको निर्देशनालयले जनाएको थियो।

उद्धार कार्यलाई थप सहज बनाउन प्रभावित क्षेत्रमा तीन वटा ड्रोनसमेत परिचालन गरिएको सेनाले जानकारी दिएको थियो।

पछिल्लो विवरणसँगै सेनाद्वारा हवाई उद्धार गरिएका बाढी प्रभावितको संख्या ८८ पुगेको छ। अहिले उद्धार कार्य जारी छ ।

0 Comments