१० भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढीपीडितको उद्धार र पुनः स्थापनाका लागि सहयोग गर्न सरकारको अपिल

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनः स्थापनाका लागि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न अपिल गरेको छ।

अ+ अ-

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि आर्थिक सहयोग गर्न सार्वजनिक अपिल गरेको छ।

बुधबार बिहान ८ः४० बजे भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको जनाइएको छ। बाढीबाट रसुवासहित नुवाकोट, धादिङ र गोरखाका तटीय क्षेत्र प्रभावित भएका छन्।

बाढी आए लगत्तै प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका कार्यलाई तीव्रता दिइएको सरकारले जनाएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य जारी रहेको छ।

प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै उनीहरूको दीर्घकालीन पुनः स्थापना गर्नुपर्ने आवश्यकता रहेको सरकारले उल्लेख गरेको छ।

उद्धार, राहत र पुनः स्थापना कार्यमा सहयोग पुर्‍याउन सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सक्दो आर्थिक सहयोग गर्न सबैलाई आग्रह गरेको छ।

0 Comments