११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीपीडितको राहतमा महालक्ष्मी नगरपालिकाको ३० लाख, जनप्रतिनिधि र कर्मचारीले एक महिनाको रकम दिने

महालक्ष्मी नगरपालिकाले बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विपद् कोषसमेतबाट ३० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने र नगर प्रहरीसहितको एम्बुलेन्स परिचालन गर्ने निर्णय गरेको छ।

अ+ अ-

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिकाले रसुवा जिल्ला तथा भोटेकोशी, त्रिशूली र नारायणी नदी आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

नगरपालिकाले आफ्नो विपद् कोषसमेतबाट एकमुष्ट ३० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। बाढी प्रभावितको उद्धार तथा घाइते र बिरामीको ओसारपसारका लागि नगर प्रहरीसहितको एम्बुलेन्ससमेत पठाइएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिले एक महिनाको सेवा सुविधाबापत प्राप्त हुने रकम बाढी प्रभावितको सहयोगका लागि उपलब्ध गराउने भएका छन्। त्यस्तै, नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीको १ हप्ता बराबरको तलब सहयोगका लागि उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत अमित ढुंगानाले बताएका छन् ।

नगरपालिकाले बाढीबाट भएको मानवीय, भौतिक, आर्थिक तथा भावनात्मक क्षतिप्रति दु:ख व्यक्त गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

नगरभित्रका प्रभावितको खोजी र उद्धारमा सहयोग गर्न आग्रह
महालक्ष्मी नगरपालिकाभित्र बसोबास गर्ने कुनै नागरिक बाढीबाट प्रभावित भएको, सम्पर्कमा नआएको वा उद्धार गर्नुपर्ने अवस्थामा रहेको जानकारी प्राप्त भए नगरपालिका तथा अन्तर्गतका वडा कार्यालय, प्रहरी चौकी र सुरक्षा निकायमा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ।

नगरपालिकाले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका काम तत्काल सञ्चालन भइरहेको उल्लेख गर्दै ती कार्यमा संयमित भएर आ–आफ्नो स्थानबाट योगदान गर्न सम्पूर्ण नगरवासीलाई आह्वानसमेत गरेको छ।

0 Comments