११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

अ+ अ-

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि धादिङबेँसीसँगको सडक सम्पर्क अवरुद्ध भएको अवस्थामा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, अनावश्यक मूल्यवृद्धि र कालोबजारी हुन नदिन बजार अनुगमन गरिएको छ ।

नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माको नेतृत्वमा आज धादिङबेँसी बजार क्षेत्रमा अनुगमन गरिएको हो । सडक सम्पर्क अवरुद्ध भएपछि खाद्यान्न, खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या आउन सक्ने आशङ्कासँगै अनावश्यक सञ्चय र मूल्यवृद्धि हुन नदिन अनुगमनलाई सक्रिय बनाइएको हो ।

अनुगमन समितिले व्यवसायीलाई प्रचलित मूल्यभन्दा बढीमा सामान बिक्री नगर्न, कृत्रिम अभाव सिर्जना नगर्न तथा उपभोक्तालाई सहज रूपमा अत्यावश्यक वस्तु उपलब्ध गराउन आग्रह गरेको छ ।

समितिले उपभोक्तालाई पनि आवश्यकताभन्दा बढी खाद्यान्न, ग्यास तथा अन्य दैनिक उपभोग्य वस्तु खरिद गरेर भण्डारण नगर्न अनुरोध गरेको छ । सबै उपभोक्ताले एकै पटक बढी परिमाणमा सामान खरिद गर्दा बजारमा वास्तविक अभाव नभए पनि आपूर्तिमा दबाब पर्न सक्ने भएकाले आवश्यकताअनुसार मात्र खरिद गर्न आग्रह गरिएको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले बताए ।

फुर्केखोला पुल बगाएपछि पृथ्वी राजमार्गबाट धादिङबेँसीतर्फ हुने नियमित यातायात तथा मालवाहक सवारी आवागमन प्रभावित भएको छ । सडक सम्पर्क सहज नहुँदासम्म बजारमा अत्यावश्यक वस्तुको आपूर्ति, मूल्य र मौज्दातको अवस्थामाथि निगरानी आवश्यक देखिएको उपभोक्ता हित संरक्षण मञ्च धादिङका अध्यक्ष शिवराज सापकोटाले बताए ।

0 Comments