११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीले त्रिशूली-३ बी हब पूर्ण क्षतिग्रस्त, राष्ट्रिय विद्युत् प्रणाली भने स्थिर

अ+ अ-

काठमाडौँ । रसुवामा आएको आकस्मिक बाढीले विद्युत् उत्पादन, प्रसारण तथा वितरणका महत्त्वपूर्ण संरचनामा ठूलो क्षति पुर्‍याए पनि राष्ट्रिय विद्युत् प्रणाली स्थिर र सुरक्षित रूपमा सञ्चालन भइरहेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्युचाटारस्थित भार प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर) पुगेर विद्युत् प्रणालीको अवस्था, माग-आपूर्ति सन्तुलन र प्रभावित क्षेत्रमा विद्युत् सेवा पुन:स्थापनाका लागि भइरहेका कामबारे जानकारी लिएका हुन्।

मन्त्री श्रेष्ठका अनुसार बाढीबाट त्रिशूली–३ बी हबको २२० केभी सबस्टेसन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। विभिन्न प्रसारण लाइन र विद्युत् आयोजनामा समेत क्षति पुगेपछि उल्लेख्य परिमाणको विद्युत् उत्पादन राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ। प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पनि अवरुद्ध भएको छ।

दुई हजार ९३० मेगावाटको उच्च माग व्यवस्थापन

क्षतिका बाबजुद करिब दुई हजार ९३० मेगावाट रहेको राष्ट्रिय प्रणालीको उच्च माग सन्तुलित रूपमा व्यवस्थापन भइरहेको मन्त्री श्रेष्ठले जानकारी दिएका छन्। काठमाडौँ उपत्यकाको करिब ५९० मेगावाट उच्च माग पनि सामान्य रूपमा धानिएको छ।

काठमाडौँलगायत प्रमुख भार केन्द्रमा विद्युत् आपूर्ति सामान्य राखिएको र करिब ६२० मेगावाट विद्युत् निर्यातसमेत निरन्तर भइरहेको उनले उल्लेख गरेका छन्।

नुवाकोटमा वैकल्पिक रूपमा पाँच मेगावाट आपूर्ति

सरकारले बाढी प्रभावित रसुवा र नुवाकोटलगायत क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत् पुर्‍याउने तथा क्षतिग्रस्त संरचना पुनर्स्थापना गरी राष्ट्रिय प्रसारण प्रणालीमा पुनः जोड्ने कार्यलाई प्राथमिकता दिएको छ।

मन्त्री श्रेष्ठका अनुसार नुवाकोटमा वैकल्पिक व्यवस्थामार्फत हाल करिब पाँच मेगावाट विद्युत् आपूर्ति भइरहेको छ। देवीघाट-त्रिशूली बजार क्षेत्रमा विद्युत् आपूर्तिलाई थप सुदृढ बनाउने काम पनि जारी छ।

उत्पादन, प्रसारण र वितरण संरचनामा भएको क्षतिले तत्काल मात्र नभई आगामी दिनमा समेत चुनौती थप्न सक्ने मन्त्री श्रेष्ठले बताएका छन्। त्यसलाई ध्यानमा राखेर राष्ट्रिय विद्युत् प्रणाली स्थिर राख्दै प्रभावित क्षेत्रमा सेवा पुन:स्थापना गर्ने काम उच्च प्राथमिकताका साथ अघि बढाइएको उनको भनाइ छ।

मन्त्री श्रेष्ठले उद्धार, राष्ट्रिय भार व्यवस्थापन तथा प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुन:स्थापनामा खटिएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र प्राविधिक जनशक्तिलाई धन्यवादसमेत दिएका छन्।

0 Comments