१३ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन र पोखरा विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले विपद् उद्धार कोषमा सहयोग गर्ने

अ+ अ-

काठमाडौँ । प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।

दुवै विश्वविद्यालयका कार्यकारी परिषद्का छुट्टाछुट्टै बैठकले विश्वविद्यालयमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट तहअनुसार निश्चित रकम कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्को शुक्रबार बसेको बैठकले उपकुलपति, रजिस्ट्रार र रेक्टरको एक महिनाको पारिश्रमिक कट्टा गर्ने निर्णय गरेको छ । त्यस्तै, प्राध्यापक तथा प्रशासनतर्फका सोसरहका कर्मचारीबाट मासिक सुरु तलब स्केलको १० दिन बराबर, उपप्राध्यापक, उपप्रशासक, शाखा अधिकृत तथा प्रशिक्षक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट सात दिन बराबरको रकम कट्टा गरिनेछ ।

यसैगरी, मुख्य कार्यालय सहायक, कार्यालय सहायक वा सोसरहका कर्मचारीबाट पाँच दिन तथा श्रेणीविहीन कर्मचारीबाट दुई दिन बराबरको पारिश्रमिक कट्टा गरी कोषमा जम्मा गरिने विश्वविद्यालयले जनाएको छ ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि राहत, उद्धार तथा पुन:स्थापना कार्यमा योगदान पुर्‍याउने उद्देश्यले सहयोग गर्ने निर्णय गरिएको हो ।

यसैबीच, पोखरा विश्वविद्यालयले पनि कोषमा करिब रु ७० लाख सहयोग गर्ने भएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्को भदौ १३ गते बसेको बैठकले पदाधिकारी, शिक्षक तथा कर्मचारीबाट तहअनुसार रकम संकलन गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार पोखरा विश्वविद्यालयका उपकुलपतिबाट एक महिनाको तलब बराबर तथा प्राध्यापक, प्रशासक, सहप्राध्यापक, सहप्रशासक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट मासिक सुरु तलब स्केलको १० दिन बराबरको रकम योगदान गरिनेछ ।

त्यस्तै, उपप्राध्यापक, उपप्रशासक, प्रशिक्षक, सहायक प्रशासक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट सात दिन, उपप्रशिक्षक, सहायक प्रशिक्षक, मुख्य सहायक, सहायक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट पाँच दिन तथा श्रेणीविहीन कर्मचारीबाट दुई दिन बराबरको सुरु तलब कट्टा गरिनेछ ।

पोखरा विश्वविद्यालयका अनुसार यसरी संकलन हुने रकम करिब रु ७० लाख पुग्ने अनुमान गरिएको छ । उक्त रकम विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार तथा पुन:स्थापनामा प्रयोग गरिनेछ ।

0 Comments