१४ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढी : सयौँ कर्मचारीसहित चार हजार ४७२ जना सम्पर्कविहीन

अ+ अ-

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि आठवटा जलविद्युत् आयोजनामा कार्यरत सयौँ कर्मचारी सहितचार हजार बढी मानीश सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ।

बाढीबाट प्रभावित क्षेत्रमा कार्यरत प्रहरी तथा विभिन्न सरकारी र वित्तीय संस्थाका कर्मचारीसमेत सम्पर्कविहीन छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार, आठवटा बैंक शाखाका २६ र लाङटाङ राष्ट्रिय निकुञ्जका तीन कर्मचारी सम्पर्कमा आउन सकेका छैनन्।

नेपाल प्रहरीका २५ कर्मचारी सम्पर्कविहीन भएको विवरण प्राप्त भएकामा तीन जना मृत अवस्थामा फेला परी पहिचानसमेत भइसकेको काफ्लेले जानकारी दिए।

जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका कर्मचारी तथा कामदारको अवस्था पत्ता लगाउन खोज तथा उद्धार जारी छ। विशेष प्राविधिक तथा सुरक्षाकर्मीको टोलीले सुरुङभित्र प्रवेश गर्ने प्रयास गरिरहेको प्रहरीले जनाएको छ।

चार हजार ४७२ जना सम्पर्कविहीन
प्रहरीका अनुसार बाढीपछि विदेशी नागरिकसहित चार हजार ४७२ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। तीमध्ये आन्तरिक तथा विदेशी गरी ७४५ पर्यटक छन्।

रसुवामा ५६२, सिन्धुपाल्चोकमा २२५, नुवाकोटमा ११५ र मकवानपुरमा ६५ जना सम्पर्कविहीन रहेको विवरण प्रहरीलाई प्राप्त भएको छ। काठमाडौँ उपत्यकामा ४८१ र कोशी प्रदेशमा १३८ जना सम्पर्कविहीन रहेको जनाइएको छ।

गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्षसहित केही जनप्रतिनिधि पनि सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको प्रवक्ता काफ्लेले बताए।

टिमुरे र रसुवागढीमा खोजी जारी
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि नेपाल प्रहरीका सात हजार ८८९ जनशक्ति परिचालन गरिएको छ। टिमुरे, स्याफ्रुबेँसी र रसुवागढीमा पुरिएका संरचना तथा शवको खोजी भइरहेको छ।

प्रहरीका अनुसार बाढी प्रभावित जिल्लामा ७३५ शव फेला परेका छन्। पहिचान खुल्न नसकेका केही शवको अन्तर्राष्ट्रिय मापदण्डअनुसार अस्थायी व्यवस्थापन गरिएको छ।

0 Comments