१६ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदमा एक हप्ता विपदबारे मात्रै छलफल हुने, दलका नेताहरूले सम्बोधन गर्ने

अ+ अ-

काठमाडौँ । संघीय संसदको कार्य व्यवस्था परामर्श समितिको मंगलवार बसेको बैठकले प्रतिनिधि सभाको बैठक बुधवार (भोलि) देखि नै सुचारु गर्ने निर्णय गरेको छ ।

प्रतिपक्ष दलहरूको आग्रह र दबाबपछि यसअघि ढिलो गरी बस्ने भनिएको बैठकलाई अगाडि सारिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले बाढी पहिरो जस्तो राष्ट्रिय संकटको समयमा जनसरोकारका मुद्दाहरू उठाउन संसद् छिटो सञ्चालन हुनुपर्नेमा जोड दिइएको बताए ।

उनकाअनुसार सुरुमा आगामी असोज २२ गतेका लागि बैठक आह्वान गर्ने तयारी भए पनि दलहरूको सुझावका आधारमा भोलिबाटै सदन सुचारु गर्न सभामुख सहमत भएका हुन् ।

भोलिको बैठकमा हालैको प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विशेष शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय गरिएको छ । राहत र उद्धारको समयमा संसदमा राजनीतिक खिचातानी हुनसक्ने जन आशंकाका सम्बन्धमा स्पष्ट पार्दै उनले राहत कार्य र संसदीय प्रक्रियालाई सँगसँगै लैजानुपर्ने बताए । राहत संकलन र वितरणको काम भइरहेको अवस्थामा त्यसलाई थप व्यवस्थित बनाउन र सरकारलाई जवाफदेही बनाउन सदनको भूमिका महत्वपूर्ण हुने उनको तर्क छ ।

यस्तै, बाढी पहिरोका कारण राजमार्गहरू अवरुद्ध हुँदा उपत्यकामा दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थको अभाव हुन सक्ने विषयमा सरकारले ध्यान दिनुपर्ने उनले उल्लेख गरे।

उनले भने, ‘मुलुकमा ठूलो जनधनको क्षति भएको छ । यस्तो अवस्थामा संसदमा जनसरोकारका विषयहरू ल्याउनु र ठोस निष्कर्ष निकाल्नु आवश्यक छ । जनताको विश्वास सदनमाथि छ । आधिकारिक सूचना प्रवाह गर्न र भ्रमहरू चिर्न पनि संसद् खुल्नुपर्छ । दुई–तीन दिन सरकारलाई उद्धार र खोजतलास कार्यमा बाधा नपुर्‍याऔँ, तर सँगसँगै आपूर्ति व्यवस्था सहज बनाउने विकल्पहरू पनि खोजिनुपर्छ ।’

सचेतक परियारले संकटको मौका छोपेर बजारमा कालोबजारी र कृत्रिम मूल्यवृद्धि नगर्न व्यवसायीहरूलाई आग्रह गरेका छन्।

यस्तो मानवीय संकटको समयमा नाफाखोरीतर्फ लाग्नु मानवताको विरुद्ध हुने उनको भनाइ छ । उनले सरकारले राहत र उद्धारमा गरिरहेको प्रयासमा रास्वपाको पूर्ण साथ रहने समेत स्पष्ट पारे ।

0 Comments