काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि भारतले पाँचौँ खेपको सहयोग पठाएको छ।
भारतीय विदेशमन्त्री डा. एस जयशंकरले बुधबार बिहान विमानमार्फत पाँचौँ चरणको सहयोग नेपाल पठाइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
यस खेपको सहायतामा विशेष उपकरणसहितको ११ सदस्यीय उद्धार टोली र ५.५ टन अत्यावश्यक औषधिहरू समावेश छन्।






