१७ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाद्वारा विभिन्न जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी, त्रिशूली-३ ‘ए’ को सुरुङको निकास पहिचान

अ+ अ-

काठमाडौँ । रसुवा तथा आसपासका बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई र जमिनमार्फत खोज तथा उद्धार अभियानलाई निरन्तरता दिएको छ। भदौ १७ गते बिहान ११ बजेसम्मको विवरणअनुसार विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा उद्धार टोली परिचालन गरी खोजी तथा पहुँच निर्माणको काम भइरहेको छ।

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा उद्धार टोली करिब १५० मिटरभित्र प्रवेश गरेको छ। सुरुङभित्र ठूला चट्टान भेटिएपछि थप अगाडि बढ्न कठिनाइ भएको र आज पुनः खोज तथा उद्धार कार्य जारी राखिएको नेपाली सेनाले जनाएको छ।

लाङटाङ जलविद्युत् आयोजनामा विदेशी नागरिकसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोजी गरिरहेको छ। चिलिमे जलविद्युत् आयोजनामा पनि विदेशी प्राविधिकसहितको संयुक्त टोलीले उद्धार कार्य गरिरहेको छ।

त्यसैगरी हाँकुस्थित माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा नेपाली सेनाको टोलीले खोज तथा उद्धार गरिरहेको छ।

त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनामा नेपाली सेनासहित ९३ जनाको संयुक्त उद्धार टोली परिचालन गरिएको छ। टोलीले तीनवटा स्काभेटर र एउटा बोबक्याट प्रयोग गरी माटो हटाउने काम गरेको थियो। कम्प्रेसर मेसिन, ब्रेकर तथा विस्फोट गराउने प्रविधिको प्रयोगपछि सुरुङको निकास मार्ग फेला परेको सेनाले जनाएको छ।

वर्षाका कारण राति सुरुङभित्र जम्मा भएको करिब १ दशमलव ५ मिटर पानी पम्प प्रयोग गरी बाहिर निकालिएको छ।

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा नेपाली सेनाका ६१ जना, गैरसैनिक तीन जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोली परिचालन भएको छ। टोलीले आयोजनाको कार्यालय तथा कर्मचारी आवास रहेको स्थान पहिचान गरेको छ। उक्त क्षेत्रसम्म पुग्न उत्खनन गर्ने मेसिन अर्थात् एक्स्काभेटर प्रयोग गरी बाटो निर्माण भइरहेको छ।

प्रभावित बस्तीमा पैदल खोजी
सुरुङबाहेक प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा समेत नेपाली सेनाले पैदल गस्तीमार्फत खोज तथा उद्धार गरिरहेको छ। स्थानीय बासिन्दालाई सुरक्षा प्रत्याभूति दिलाउँदै उद्धार आवश्यकताको मुल्यांकन गर्न उनीहरूसँग प्रत्यक्ष रूपमा अवस्था बुझ्ने काम भइरहेको सेनाले जनाएको छ।

त्रिशूली नदीपारिको कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोट जिल्लाका विभिन्न स्थानमा खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ।

टिमुरे क्षेत्रमा फेला परेका शव व्यवस्थापनका लागि ती शवलाई त्रिशूलीसम्म ल्याउन हवाई माध्यमबाट भार झुण्ड्याएर ओसार्ने ‘स्लिङ लोड’ अभियानसमेत सुरु गरिएको छ।

नेपाली सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म ९ हजार २ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालित छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन र आपत्कालीन उपचारलगायतका काम समन्वयात्मक रूपमा गरिरहेका छन्।

0 Comments