काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि उद्धार गरिएका नेपाल विद्युत् प्राधिकरणका दुवै कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार उद्धारपछि दुवै कर्मचारीलाई उपचारका लागि छाउनीस्थित वीरेन्द्र अस्पताल लगिएको छ। हाल उनीहरूको अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ।
चिकित्सकीय निगरानीमा रहेका दुवै कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ।






