२१ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारको कार्यलाई प्राथमिकतामा राख्ने काँग्रेसको निर्णय

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारको कार्यलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ । 

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताएका हुन् । उनका अनुसार बैठक मुलुकले सामना गरिरहेको विपद् र त्यसबाट प्रभावित नागरिकको उद्धार तथा राहतका विषयमा केन्द्रित थियो । 

उनले पार्टीका नेताहरुले  बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारको अवस्था, उपलब्धि र कमजोरीबारे बैठकलाई ब्रिफिङ गरेका थिए । 

उनले पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्था, मेडिकल टिम, उद्धार टोली तथा पार्टीसँग आबद्ध दक्ष जनशक्तिलाई बाढी प्रभावित क्षेत्रमा परिचालन गर्ने निर्णय समेत बैठकले गरेको बताए । 

उनले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिमयुक्त बस्ती, बसोबासको व्यवस्थापन र नीतिगत सुधारका विषय समेटेर प्रतिवेदन तयार गरी संघ, प्रदेश र स्थानीय सरकारलाई पार्टीले सुझाव दिने समेत बताए ।

उनले भने, ‘पार्टी सभापति गगनकुमार थापाजीको अध्यक्षतामा कार्यसम्पादन समितिको बैठक जारी छ । बैठक भोलि पनि बस्छ । विशेष गरेर आजको बैठकमा देशले जुन राष्ट्रिय विपत्तिको सामना खेप्नुपरिरहेको छ, रसुवा बाढी । यही विषयमा बढी केन्द्रित भयो । हामीले विपद्पछिको उद्धार  राहतको विषयमा फोकस गर्नुपर्छ भन्ने विषयमा छलफल भयो । हाम्रो विपद् व्यवस्थापनको समितिको संयोजक रसुवाको माननीयजीले पनि फिल्डको धेरै रिपोर्टहरू बैठकमा जानकारी गराउनुभएको छ । र यो रिपोर्टका आधारमा लगभग हामीले त्यसका अतिरिक्त बहादुरजी, अर्जुन नरसिंह केसीदाइ उहाँहरूले पनि त्यसको बारेमा रसुवा, धादिङको बारेमा फिल्ड रिपोर्ट, त्यहाँको जनताले परेको मर्काको बारेमा तथा राहत र उद्धारमा भएका उपलब्धि र कमजोरीको बारेमा पनि उहाँहरूले प्रशस्त अध्ययन रिपोर्ट दिनुभयो । सोहीअनुसार पार्टीका भातृ संस्था, विज्ञसहित टोलीलाई प्रभावित क्षेत्रमा पठाउने कुरा भयो ।’

उनले पार्टीको १५औँ महाधिवेशन पूर्वनिर्धातिर मितिमै गर्ने निर्णय गरेको पनि बताए । पार्टीले  १५औँ महाधिवेशन अगामी असोज १६, १७ र १८ गते गर्ने घोषणा गरिसकेको छ ।

0 Comments