२२ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘त्रिशूली-३ जलविद्युत आयोजनाको उद्धारलाई प्राथमिकता दिएका छौँ’- नेपाली सेना

अ+ अ-

काठमाडौँ । रसुवा बाढीको कारण क्षतिग्रस्त त्रिशूली-३ बी जलविद्युत आयोजनामा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । चुनौतीका बाबजुद पनि उद्धार कार्यलाई प्राथमिकतामा राखेर काम अगाडी बढाइएको नेपाली सेनाले जनाएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले त्रिशूली ३ बी ९० जनाको उद्धार टोली परिचालन गरिएको जानकारी दिए। उनले बाढीले ल्याएको लेदोको दलदल र हिलोका कारण खोजी तथा उद्धारमा कठिनाइ भइरहेको बताए । 

उनका अनुसार आयोजनाको कार्यालय तथा आवास क्षेत्रमा मानिसहरू रहेको हुनसक्ने आशंकामा उद्धार टोलीले खोजीलाई तीव्रता दिएको छ । उहाँले बाढीले बनाएको दलदलका कारण आयोजनास्थलमा उद्धार उपकरण लैजानसमेत समस्या भएको बताए । उद्धारका लागि सानो एक्स्काभेटर आयोजनास्थलमा पुर्‍याएको छ भने केही स्थानमा उद्धारकर्मीले साबेलकै प्रयोग गरेर हिलो तथा माटो हटाइरहेका छन् । 

हाल त्रिशूली-३ ए को सुरुङबाट त्रिशूली-३ बी को सुरुङतर्फ जान सकिने कुरा पत्ता लगाएकोले त्यही मार्ग हुँदै एक्स्काभेटर लैजाने प्रयास भइरहेको उनले जानकारी दिए। आयोजना नजिकै सुकुम्वासी बस्तीसमेत रहेकाले बाढीले जलविद्युत् आयोजनाको कार्यालय तथा आवास क्षेत्रसँगै उक्त बस्तीमा समेत ठूलो क्षति पुर्‍याएको उनको भनाई छ ।

उनले भने, ‘हाम्रो फोकस अहिले त्रिशूली ३ बी आयोजनामा रहेको छ, यसको हामीले रेकी भदौ १० गने नै गरेका थियौँ । तर त्यहाँको हिजोको दलदलले हामीलाई धेरै समस्या गरेको थियो । अहिले त्यहाँ हाम्रो ९० जनाको टोलीले काम गरिरहेको छ । यो रनिङ प्रोजेक्ट थिएन, तर अफिस र अकुमोटेशनमा मान्छे थिए भन्ने आएको छ । यसमा टनेलभित्र मान्छे छैनन्, यसका हामीले उद्धारको लागि निकै चुनौती व्यहोनुपरेको छ, यहाँ सानो स्काईभेटर झार्न हामी सक्षम भएका छौँ, यसमा चाहिँ मानिसले साबेलले नै हिजो पन्छाउने काम भइरहेको छ । अहिले हामी अफिलको खोजी गरिरहेका छौँ । त्रिशूली ३ ए को टनेलबाट बी को टनलेमा जना सकिने भएकोले हामीले टनेलमार्फत स्काईभेटर लाने प्रयास गरिरहेका छौँ । यस क्षेत्र नजिकै सुकुम्वासी बस्ती पनि भएकोले बाढीले हाइड्रोको अफिस र सुकम्बासी बस्तीमा बढी क्षति गरेको हाम्रो अनुमान छ ।’

उनकाअनुसार रसुवा बाढीले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा रहेका ११ वटा जलविद्युत आयोजनाका कार्यालय, आवास, सुरुङ, हेडवर्क, टेलवर्कलगायत संरचनामा क्षति गरेको छ । सबै आयोजनाभित्र फसेकाहरूको नेपाली सेनाको नेतृत्वमा उद्धार कार्य भइरहेको उनले जानकारी दिए । उनकाअनुसार रसुवागढी जलविद्युत आयोजनामा भदौ १० गतेदेखि नै खोज तथा उद्धार जारी छ । 

उद्धार टोली सुरुङभित्र करिव २७५ मिटर प्रवेश गरे पनि अहिलेसम्म केही फेला पार्न सकेको छैन । लाङटाङ जलविद्युत् आयोजनामा भदौ १३ गतेदेखि जारी उद्धारका क्रममा एउटा शव फेला परेको छ भने खोजी जारी छ । चिलिमे जलविद्युत आयोजनामा भारतीय विशेषज्ञ टोलीको समेत सहयोगमा भदौ १४ गतेदेखि उद्धार भइरहेको छ । उद्धार टोली सुरुङभित्र करिब ११० मिटर पुगेको छ । चिलिमेको सुरुङ उकालो भएकाले हिलो कम रहेको र अब उद्धारको गति बढ्ने अपेक्षा गरिएको थापाले बताए। त्यस्तै, माथिल्लो त्रिशूली-१ मा कोरियाली विशेषज्ञसहितको टोलीले उद्धार कार्य गरिरहेको छ भने त्रिशूली–३ ए मा चिनियाँ टोलीसँगको सहकार्यमा खोज तथा उद्धार भइरहेको उनले जानकारी दिए । 

उनले चिनियाँ टोलीले माथिल्लो क्षेत्रमा भएका सूचनाहरू सम्प्रेषण गरिरहेको पनि जानकारी दिए । लाङटाङ क्षेत्रमा पहिरोले बनेका बाँध तथा हिमतालहरू हाल सामान्य अवस्थामा रहेको चिनियाँ टोलीले सूचना पठाएको छ । यद्यपि हिम पहिरोले नयाँ बाँध वा ताल बन्ने जोखिम भने कायमै रहेको सूचना पाएको सहायक रथी थापाले बताए । चिनियाँ पक्षबाट प्राप्त रिपोर्ट तथा फुटेजमा विभिन्न स्थानमा चिरा देखिएकाले जोखिमलाई ध्यानमा राख्दै बाढी प्रभावित क्षेत्रमा उद्धारको लागी संयुक्त सुरक्षा टोली परिचालन गरिएको उनको भनाइ छ ।

बाढीपछि नेपाली सेनाले त्रिशूलीमा उपरथीको कमाण्डमा प्राक्टिकल हेडक्वार्टर स्थापना गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीआईजीसमेत फिल्डमा परिचालन भएका छन् । धुन्चेमा सहायक रथीको नेतृत्वमा फर्वार्ड हेडक्वार्टर स्थापना गरिएको छ । सुरक्षा निकायले जलविद्युत् आयोजनाका अतिरिक्त नदी किनारका बस्तीमा समेत खोज तथा उद्धारलाई प्राथमिकता दिएको छ । सेनाका इन्जिनियरिङ टोलीले पुल निर्माण, सडक खोल्ने, हवाई तथा ड्रोन रेकी र सडक विभागलाई सहजीकरण गर्ने काम गरिरहेको सहायक रथी थापाले जानकारी दिए ।

0 Comments