२३ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोत्तम र जगदम्बा सिमेन्टद्वारा बाढी प्रभावितका लागि उद्धार कोषमा १ करोडभन्दा बढी सहयोग

अ+ अ-

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका छन्।

दुवै सिमेन्ट कम्पनीले संयुक्त रूपमा उक्त रकम कोषमा उपलब्ध गराएका हुन्। कम्पनीका प्रतिनिधिहरूले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेमार्फत सहयोग रकम हस्तान्तरण गरेका थिए।

सहयोग रकम हस्तान्तरण गर्ने टोलीमा प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपाने, सञ्चालक टीकाराम न्यौपाने, पूर्वसञ्चालक विमल कुमार सावर्थिया, पूर्वसञ्चालक तेन्जिन लाक्देन, प्रमुख सञ्चालन अधिकृत नवीन प्रकाश अधिकारी तथा कम्पनी सचिव कमल कुमार भारती सहभागी थिए।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा उद्धार र पुनर्स्थापनाका काममा सहयोग पुग्ने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीहरूले जनाएका छन्।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत परिचालन हुने सहयोगले बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका प्रयासमा योगदान पुग्ने विश्वास पनि कम्पनीहरूले व्यक्त गरेका छन्।

सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले यसअघि पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा समुदाय केन्द्रित सामाजिक उत्तरदायित्वका क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको बताएका छन्। प्राकृतिक विपद् तथा अन्य आवश्यक परिस्थितिमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग र सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता उनीहरूले जनाएका छन्।

0 Comments