२४ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. प्रकाशशरण महतको दाबी : ‘निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्यो’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले गत फागुनमा सम्पन्न निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको टिप्पणी गरेका छन् ।

बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । 

उनले निर्वाचनअघि विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्व परिवर्तन भए मात्रै परिणाम आउने दाबी गरेको भए पनि जनताले अस्वीकार गरिदिएको बताए । उनले अहिले राष्ट्रियताको जडलाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गर्दै विशेष महाधिवेशन त्यसैको श्रृंखला भएको आरोप पनि लगाए । उनले सर्वोच्च अदालतले १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले १५औँ महाधिवेशन गर्न पाउने गरी न्याय दिने विश्वास समेत व्यक्त गरे ।

उनले भने, ‘अहिले नेपालको राष्ट्रियताको जडलाई कमजोर बनाउने कोसिस भएको छ । र त्यही श्रृंखलामा विशेष महाधिवेशनको नाउमा आवश्यक नै नभएको चिज भयो । त्यही भएर अहले हामी दुईतिर अधिवेशन गर्नुपर्ने अवस्थामा पुगेका छौँ । त्यसबेला निर्वाचनभन्दा अगाडि पार्टीको नेतृत्व परिवर्तन भयो भने मात्रै परिणाम आउँछ भनिएको थियो । जनताले हामीलाई पत्याउँछन् भनिएको होइन । खै त जनताले पत्याएको ? त्यसकारण पनि विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्यो । त्यसकारण हामी अदालतमा कानूनी बाटो अख्तियार गरेर पनि गएका छौँ । त्यसको निस्सा पनि आएको छ । चाँडै नै सुनुवाइ होला र यदि यो देशमा न्याय छ भने, यो देशमा कानून छ भने १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले १५ औँ अधिवेशन गर्न पाउँछौँ ?’

उनले पार्टीको आत्मा आफूहरूसँगै रहेको जिकिर पनि गरे । 

0 Comments