काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ क्षेत्रमा अवाञ्छित तथा आपराधिक गतिविधिमा संलग्न हुन सक्ने ७७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विगतका घटनाको अध्ययन तथा विश्लेषण गरी सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनाउने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएकाहरू चोरी, लुटपाट, महिला दुर्व्यवहारलगायत गतिविधिमा संलग्न हुन सक्ने आशंका गरिएका व्यक्ति हुन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।
भदौ २९ गते पशुपतिनाथ मन्दिरमा करिब ४५ हजार श्रद्धालु तथा दर्शनार्थीले पूजा-आराधना गरेका थिए। दिनभर कुनै अप्रिय घटना नभएको र तीज पर्व शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको प्रहरीले जनाएको छ।






