२९ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपा केन्द्रीय सदस्य र प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य हुँ भन्दै दबाब र धाक-धम्की दिने पक्राउ

सरकारी कार्यालय तथा शैक्षिक संस्थामा प्रवेश गरी दबाब र धाक धम्की दिने गरेको आरोपमा पक्राउ परेका युवकको दाबी प्रारम्भिक अनुसन्धानबाट झुटो देखिएको प्रहरीले जनाएको छ।

अ+ अ-

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य भएको भन्दै झुटो परिचय दिएको आरोपमा झापाबाट एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले हल्दिबारी गाउँपालिका-१ का २६ वर्षीय सुजन विश्वकर्मालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार विश्वकर्माले आफू विभिन्न सरकारी तथा राजनीतिक पदमा रहेको परिचय दिँदै सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थाहरूमा प्रवेश गर्ने गरेका थिए। उनीमाथि सम्बन्धित निकाय र व्यक्तिलाई दबाब तथा धाक धम्की दिने गरेको आरोपसमेत लागेको छ।

दाबी गरेको पद वास्तविक नभएको प्रहरीको भनाइ
उनले आफू रास्वपाको केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको परिचय दिने गरेको प्रहरीले जनाएको छ।

तर, उनले दाबी गरेको पद तथा जिम्मेवारी वास्तविक नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पाँच दिन हिरासतमा राख्न अनुमति
विश्वकर्मामाथि थप अनुसन्धान गर्न झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।

उनले झुटो परिचय दिएर कसैबाट कुनै प्रकारको लाभ लिएको वा कसैलाई हानि-नोक्सानी पुर्‍याएको भए जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

0 Comments