३० भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हवाई दुर्घटना बीमा बढाउँदा भाडा दर बढ्न सक्ने पर्यटन मन्त्रीको संकेत

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले हवाई यात्रुको दुर्घटना बीमाको दायित्व अन्तर्राष्ट्रिय मापदण्डअनुसार बढाउँदा आन्तरिक हवाई भाडादरसमेत वृद्धि हुनसक्ने बताएका छन् ।

मंगलवार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री पौडेलले हाल अभ्यासमा रहेको करिब २० हजार अमेरिकी डलरको बीमा दायित्व बढाएर अन्तर्राष्ट्रिय मापदण्डअनुसार करिब एक लाख अमेरिकी डलरसम्म पुर्‍याउने तयारी रहेको बताएका हुन् ।

उनका अनुसार बीमा दायित्व बढेसँगै वायुसेवा कम्पनीको लागत बढ्ने भएकाले त्यसको असर हवाई भाडदारमा पर्न सक्ने सम्भावना छ । यद्यपि यात्रुको सुरक्षा र क्षतिपूर्तिसम्बन्धी दायित्वलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउनुपर्ने बाध्यता सरकारसँग रहेको उनले बताए । नेपालले पर्यटनलाई अर्थतन्त्रको मुख्य आधार स्तम्भका रूपमा विकास गर्ने लक्ष्य राखेकाले अन्तर्राष्ट्रिय मान्यता र मापदण्ड पालना गर्नुपर्ने उनको भनाइ छ । मन्त्री पौडेलले दुर्गम क्षेत्रमा हवाई सेवामा कायम रहेको दोहोरो अर्थात् ‘डलर फेयर’ को कानूनी आधारसमेत आफूले स्पष्ट रूपमा फेला पार्न नसकेको बताए ।

विदेशी र नेपाली यात्रुबीच हवाई भाडामा हुने यस्तो विभेद उपयुक्त नभएको उनको भनाइ छ । यात्रुको अधिकार नागरिकताका आधारमा नभई यात्रुका रूपमा प्राप्त हुने भएकाले एउटै सेवामा फरक व्यवहार गर्दा अन्यायको अनुभूति हुने उनले बताए ।

उनले भने, ‘जब हामी हवाई दुर्घटना बीमाको कुरा गर्छौँ, हालको अभ्यासमा बीमाको सीमा करिब २० हजार अमेरिकी डलर रहेको छ । प्रस्तावित व्यवस्थापछि यो दायित्व अन्तर्राष्ट्रिय मापदण्डअनुसार बढेर करिब १ लाख अमेरिकी डलरसम्म पुग्नेछ । बीमाको दायित्व बढेसँगै हवाई भाडदारमा समेत केही वृद्धि हुन सक्ने सम्भावना छ । त्यसैले यस विषयमा हामी संवेदनशील भएर छलफल गर्न आवश्यक छ । एकातर्फ हाम्रो बीमा तथा दायित्वलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउँदै लैजानुपर्ने बाध्यता छ भने अर्कोतर्फ पर्यटनलाई अर्थतन्त्रको प्रमुख आधार स्तम्भका रूपमा विकास गर्ने हाम्रो संकल्प पनि छ । यस क्रममा हामीले विभिन्न अन्तर्राष्ट्रिय मान्यता र मापदण्ड पालना गर्नुपर्ने हुन्छ । दुर्गम क्षेत्रको हवाई सेवाका सम्बन्धमा पनि केही महत्वपूर्ण विषय उठेका छन् । विशेष गरी ‘डलर फेयर’ अर्थात् विदेशी र नेपाली यात्रुबीच फरक हवाई भाडा निर्धारण गर्ने अभ्यासको स्पष्ट कानूनी आधार मैले अहिलेसम्म भेट्टाउन सकेको छैन । यसलाई रोक्दा भाडदारमा असर पर्न सक्ने सम्भावना छ, तर नरोक्दा यात्रुबीच यस्तो विभेदलाई निरन्तरता दिनुपर्ने हुन्छ । विदेशी होस् वा नेपाली, यात्रु त यात्रु नै हो । यात्रुको अधिकार नागरिकताको आधारमा होइन, यात्रुका रूपमा प्राप्त हुने अधिकार हो। पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार बनाउने मुलुकले यात्रुबीच हुने यस्तो विभेदबारे गम्भीरतापूर्वक सोच्न आवश्यक छ । यससँगै एयरपोर्ट सञ्चालन तथा हवाई सेवासँग सम्बन्धित अन्य विषयहरू पनि प्रस्तावित हवाई सेवा प्राधिकरणको संरचना बनेपछि थप व्यवस्थित रूपमा सम्बोधन गर्न सकिनेछ । अहिले उठेका यी विषयलाई पनि त्यसैअनुसार समेटेर अघि बढ्न आवश्यक छ ।’

नेपाल पर्यटनको सम्भावना खोजिरहेको मुलुक भएकाले विदेशी र स्वदेशी यात्रुलाई हवाई सेवामा गरिने व्यवहारसमेत न्यायपूर्ण हुनुपर्ने उनले बताए ।

मन्त्री पौडेलले विमानस्थल सञ्चालन तथा हवाई सेवासँग सम्बन्धित कतिपय विषय प्रस्तावित हवाई सेवा प्राधिकरणको संरचनाबाट सम्बोधन गरिने जानकारीसमेत दिए । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुई छुट्टाछुट्टै निकायमा विभाजन गर्ने गरी विधेयक अघि बढाइरहेको छ ।

0 Comments