२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दल त्याग गर्ने दुई उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त

अ अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित १० जना स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ ।

आयोगले सम्बन्धित स्थानीय तहका ती निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको सम्बन्धमा आज सूचना प्रकाशन गरी उनीहरूको पद रिक्त भएको जानकारी दिएको हो । 

आयोगका अनुसार मधेस प्रदेशका चार, कोशी प्रदेशका तीन, बागमती प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशका एक जनप्रतिनिधिको पद रिक्त भएको हो । मधेस प्रदेशअन्तर्गत धनुषाको शहीदनगर नगरपालिका वडा नं ५ का वडाध्यक्ष तनुकलाल कुसियैत, विदेह नगरपालिका वडा नं ६ का वडाध्यक्ष जयराम मण्डल, कमला नगरपालिका वडा नं ५ का वडाध्यक्ष शीबा पासमान र मिथिला नगरपालिका वडा नं २ का वडाध्यक्ष बिहारी महतो कोइरीको पद रिक्त भएको छ ।

यसैगरी, कोशी प्रदेशमा खोटाङको केपिलासगढी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष तुलाराम राई, बराहपोखरी गाउँपालिका उपाध्यक्ष भुवलराज राई र मोरङको धनपालथान गाउँपालिका वडा नं ५ का वडाध्यक्ष गयानन्द सरदारको पद रिक्त भएको छ ।

बागमती प्रदेशअन्तर्गत दोलखाको जिरी नगरपालिका वडा नं ६ का वडाध्यक्ष मर्जितबहादुर खड्का र वडा नं ३ का वडाध्यक्ष खेटराज घिमिरेको पद पनि रिक्त भएको छ ।

सुदूरपश्चिम प्रदेशको कैलालीस्थित बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीको पदसमेत दल त्यागका कारण रिक्त भएको आयोगको सूचनामा उल्लेख छ ।

आयोगका अनुसार विसं २०७९ को स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका राजनीतिक दलबाट निर्वाचित भई पछि अन्य दलमा प्रवेश गरेका जनप्रतिनिधिको विवरण सम्बन्धित राजनीतिक दलको केन्द्रीय समितिको निर्णयसहित आयोगमा प्राप्त भएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको देखिएकाले सम्बन्धित स्थानीय तहका निर्वाचित पद रिक्त भएको आयोगले जनाएको छ ।

आयोगले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरेको जनाएको छ ।

0 Comments