काठमाडौँ । लोक सेवा आयोगले निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सो सरह) र स्वास्थ्य सेवाका एघारौँ तहका विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन गरेको छ।
आयोगले आन्तरिक प्रतियोगिता तथा खुला प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न योग्य उम्मेदवारबाट अनलाइन दरखास्त आह्वान गरेको हो।
आवेदन दिने अन्तिम म्याद २०८३ असोज २० गते र दोब्बर दस्तुरसहित असोज २७ गतेसम्म तोकिएको छ। दरखास्त दस्तुर दुई हजार पाँच सय रुपैयाँ तथा थप प्रत्येक किसिम वा समूहका लागि ६ सय रुपैयाँ लाग्ने आयोगले जनाएको छ।






