२ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मुर्रा भैँसी ल्याउने निर्णय किसानको जीवन परिवर्तनसँग जोडिएको थियो’ : ‘प्रचण्ड’

भारतबाट मुर्रा भैँसी ल्याएको विषयमा विरोधीहरूले खिल्ली उडाए पनि वर्षौँदेखि अघि बढ्न नसकेको काम आफू नेतृत्वको सरकारले पूरा गरेको प्रचण्डले बताएका छन्।

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतबाट मुर्रा जातका भैँसी ल्याउने निर्णय सामान्य विषय नभई किसानको जीवनस्तर सुधारसँग जोडिएको बताएका छन्।

नेकपानिकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री भएका बेला भारत भ्रमणका क्रममा मुर्रा भैँसी ल्याउने समझदारी भएपछि राजनीतिक विरोधीहरूले त्यसलाई उपहासको विषय बनाएको बताए।

‘दशौँ वर्षदेखि हुन नसकेको काम थियो’
प्रचण्डले मुर्रा भैँसी ल्याउने प्रक्रिया लामो समयदेखि अघि बढ्न नसकेको उल्लेख गर्दै आफ्नो नेतृत्वको सरकारले त्यसलाई परिणाममा पुर्‍याएको दाबी गरे।

“पछिल्लो भारत भ्रमणमा त विरोधीहरूले ‘मुर्रा भैँसी लिएर आयो प्रचण्डले’ भनेर बडो खिल्ली उडाउने दुस्साहस गरे,” उनले भने, “मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन। दशौँ वर्षदेखि अरूले नसकेको कुरा थियो त्यो। त्यो मुर्रा भैँसी ल्याउने कुरा किसानको जीवनमा परिवर्तन ल्याउने कुरासँग नै सम्बन्धित थियो।”

कृषिमा लगानी बढाएको दाबी
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफ्नो नेतृत्वको पछिल्लो सरकारले कृषि क्षेत्रको लगानी वृद्धि र किसानलाई उत्प्रेरित गर्ने विषयलाई बजेटमार्फत प्राथमिकता दिएको दाबी गरे।

“हामीले विगतमा धेरै गर्न नसकेको भए पनि पछिल्लो सरकारमा हुँदाको बजेट हेर्नुभयो भने कृषि क्षेत्रमा कसरी लगानी बढाउने र किसानहरूलाई कसरी उत्प्रेरित गर्ने भन्नेमा थियो,” उनले भने।

किसान महासंघका नेता तथा कार्यकर्तालाई कृषि क्षेत्रका नीति, कार्यक्रम र बजेटबारे पर्याप्त ध्यान दिन आग्रह गर्दै प्रचण्डले उनीहरू अन्य काममा बढी व्यस्त देखिएको टिप्पणीसमेत गरे।

0 Comments