५ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्रीको सचिवालयले भन्यो : ‘विद्युत् महसुलको भ्याटबारे ‘सैद्धान्तिक सहमति’ भएको प्रचार गलत’

विद्युत् महसुलमा भ्याट छुट फिर्ता गर्ने विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सैद्धान्तिक सहमति दिएको प्रचारप्रति सचिवालयले ध्यानाकर्षण जनाउँदै कुनै भेटघाट नभएको स्पष्ट पारेको छ।

अ+ अ-

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट फिर्ता गर्न सैद्धान्तिक सहमति भएको भन्ने प्रचारको खण्डन गरेको छ।

अर्थमन्त्री वाग्लेको नाम जोडेर विभिन्न माध्यमबाट गरिएको प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै सचिवालयले उक्त विषयमा कुनै भेटघाट वा छलफल नभएको स्पष्ट पारेको हो।

‘आइतबार साँझ कुनै भेटघाट भएन’
सचिवालयका अनुसार अर्थमन्त्री वाग्लेले विद्युत् महसुलको भ्याटसम्बन्धी विषयमा छलफल गर्न आइतबार साँझ कुनै पक्षसँग भेटघाट गरेका छैनन्।

गएको सातासमेत यस विषयमा कुनै भेटघाट वा छलफल नभएको अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुङ्गानाले जारी गरेको स्पष्टीकरणमा उल्लेख छ।

“प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल गर्नुभएको छैन,” सचिवालयले भनेको छ।

विद्युत् महसुलमा भ्याट लगाउने वा छुट दिनेसम्बन्धी विषयमा भने मन्त्रालय मातहतका निकायबाट छलफल र अध्ययन भइरहेको सचिवालयले जनाएको छ।

अर्थमन्त्री वाग्लेले यसअघि प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकमा व्यक्त गरेको धारणाअनुसार थप सहजीकरण तथा उपभोक्तालाई राहत दिने सम्भावित उपायबारे अध्ययन भइरहेको स्पष्टीकरणमा उल्लेख छ।

0 Comments