७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारी वर्षाको जोखिम : देशभर सुरक्षा निकाय ‘हाई अलर्ट’मा, ७७ जिल्लामा सिडिओको कमाण्ड पोस्ट सक्रिय

अ+ अ-

काठमाडौँ। सम्भावित भारी वर्षा, बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै सरकारले देशभरका सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखेको छ।

सम्भावित विपद्को अवस्था तत्काल सम्बोधन गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सम्मिलित कमाण्ड पोस्टमार्फत मौसमी अवस्थाको प्रत्यक्ष निगरानी र प्रतिकार्यको तयारी तीव्र पारिएको छ।

आगामी असोज ८ देखि १० गतेसम्म देशका अधिकांश भू-भागमा भारी वर्षाको सम्भावना रहेकाले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि सरकारी संयन्त्रलाई तयारी अवस्थामा राखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार जिल्लास्तरमा सिडिओको नेतृत्वमा सम्बन्धित सुरक्षा निकाय तथा सरोकारवाला निकायबीच समन्वय गरी सम्भावित बाढी, पहिरो तथा अन्य विपद्को अवस्थाबारे निरन्तर सूचना आदानप्रदान गरिनेछ।

नदीको अवस्था घण्टा-घण्टामा निगरानी
सम्भावित बाढीको जोखिम रहेका नदी तथा खोलाको जलसतहलाई वास्तविक समयमै निगरानी गरिने भएको छ।

जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग समन्वय गरी नदीको जलसतह, वर्षाको अवस्था तथा सम्भावित जोखिमको प्राविधिक विश्लेषण गरिने प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बताए।

उनका अनुसार कुनै नदी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो प्रभाव पर्न सक्छ भन्ने विवरणका आधारमा घण्टा-घण्टामा पूर्वसूचना अद्यावधिक गरिनेछ।

सम्भावित जोखिमसम्बन्धी सूचना सर्वसाधारणको मोबाइलमा एसएमएसमार्फत समेत पठाइने भएकाले प्राप्त सूचनालाई गम्भीरतापूर्वक लिन प्राधिकरणले आग्रह गरेको छ।

हिमाली क्षेत्रमा रेड अलर्ट
समुद्रमा विकसित हुने ठूलो आँधी (साइक्लोन) प्रणाली र त्यसको सम्भावित दिशालाई समेत सरकारले प्रत्यक्ष निगरानी गरिरहेको जनाएको छ।

मौसम प्रणालीमा तीव्र परिवर्तन आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै उच्च हिमाली क्षेत्रमा भारी हिमपातको जोखिमका कारण रेड अलर्ट जारी गरिएको छ।

मध्यपहाडी तथा तल्लो तटीय क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले जोखिमयुक्त हिमाली तथा पहाडी क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।

ट्राभल एजेन्सीलाई नयाँ बुकिङ नगर्न तथा हेलिकप्टर उडानका लागि आवश्यक पूर्वतयारीसहित सतर्क रहनसमेत आग्रह गरिएको छ।

जोखिम बढे सडक यातायात रोक्न सकिने
बाढी तथा पहिरोको जोखिम उच्च भएमा राजमार्ग तथा प्रमुख सडकमा सवारी आवागमन पूर्ण रूपमा रोक्न सकिने प्राधिकरणले जनाएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै शुक्रबार र शनिबार अत्यावश्यकबाहेक यात्रा नगर्न यात्रुलाई आग्रह गर्ने तयारी गरिएको छ। यातायात व्यवसायीलाई पनि जोखिमको अवस्था हेरी सेवा सञ्चालन नगर्न अनुरोध गरिने जनाइएको छ।

पहिरोका कारण सडक अवरुद्ध भए तत्काल खुलाउन प्रमुख राजमार्गमा डोजरलगायतका उपकरण तयारी अवस्थामा राखिएको छ।

किसानलाई धानबाली जोगाउन आग्रह
भारी वर्षाले कृषि क्षेत्रमा क्षति पुर्‍याउन सक्ने भएकाले खेतमा पाकेको धानबाली तथा भण्डारण गरिएको अन्न सुरक्षित राख्न किसानलाई आग्रह गरिएको छ।

कृषि क्षेत्रमा हुन सक्ने क्षति न्यूनीकरणका लागि कृषि मन्त्रालयमार्फत आवश्यक सतर्कता अपनाउन छुट्टै सूचना जारी गरिएको छ।

बाढीमा भिडियो बनाउन र दाउरा संकलन गर्न रोक
प्राधिकरणले बाढी आएको समयमा भिडियो खिच्ने, टिकटक बनाउने वा सामाजिक सञ्जालमा सामग्री राख्ने क्रममा जोखिम नमोल्न सर्वसाधारणलाई सचेत गराएको छ।

बाढीले बगाएर ल्याएका दाउरा तथा अन्य सामग्री संकलन गर्न खोलामा पस्ने कार्यसमेत जोखिमपूर्ण हुने भएकाले त्यस्तो गतिविधि नगर्न आग्रह गरिएको छ।

सम्भावित विपद्को अवस्थामा नागरिकको सुरक्षा पहिलो प्राथमिकता भएकाले सरकारी निकायबाट जारी हुने पूर्वसूचना तथा सुरक्षा निर्देशन पालना गर्न प्राधिकरणले आग्रह गरेको छ।

0 Comments