७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य बीमाको अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी सम्पन्न

अ+ अ-

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थालाई गर्नुपर्ने अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी सम्पन्न भएको छ।

स्वास्थ्य बीमा बोर्डले असार महिनाको ९९ करोड ७२ लाख ७५ हजार २८४ रुपैयाँ २९ पैसा भुक्तानी गरेसँगै अघिल्लो आर्थिक वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी प्रक्रिया सम्पन्न भएको हो।

स्वास्थ्य बीमाको भुक्तानीलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाउँदै आएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बताइन्। अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी सम्पन्न हुनु स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण प्रगति भएको उनको भनाइ छ।

मन्त्री मेहताले स्वास्थ्य बीमालाई नागरिकको स्वास्थ्य उपचारमा पहुँच र आर्थिक सुरक्षासँग जोडिएको महत्वपूर्ण कार्यक्रमका रूपमा सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको बताइन्। अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी दायित्व सम्पन्न हुनु स्वास्थ्य बीमा कार्यक्रमका लागि खुसीको विषय भएको उल्लेख गर्दै उनले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई समयमै भुक्तानी गर्ने प्रणालीलाई थप व्यवस्थित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन्।

असार महिनाको भुक्तानीसँगै अघिल्लो आर्थिक वर्षसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई भुक्तानी गर्नुपर्ने दायित्व सम्पन्न भएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ।

बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन दाबी व्यवस्थापन तथा भुक्तानी प्रक्रियालाई नियमित र व्यवस्थित बनाउने कार्यलाई प्राथमिकता दिइएको छ।

0 Comments