तनहुँ । तनहुँ ख्रिष्टियन समाजले भोटेकोशी बाढी प्रभावितका लागि रु. दुई लाख सहयोग प्रदान गरेको छ । समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम दाखिला गरेको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले राससलाई बताए ।
समाजका अध्यक्ष कृष्णदेव श्रेष्ठले “बाढीपीडितको राहत र पुन:स्थापनाका लागि सरकारसँग हामी पनि छौँ भन्ने सन्देश दिन सहयोग गरेका हौँ”, भने । प्रमुख जिल्ला अधिकारी तिवारीले प्राप्त सहयोगप्रति आभार व्यक्त गरे ।
यसैबीच, व्यास नगरपालिकाले भोटेकोशी बाढीपीडितको सहायतार्थ राहत कोष सञ्चालन स्थापना कोष स्थापना गरेको छ । कोषमा रु. तीन लाख संकलन भएको छ ।






