८ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संयुक्त राष्ट्रसंघद्वारा एआई जोखिम व्यवस्थापनका लागि बहुपक्षीय संयन्त्रको माग

अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को तिब्र विकासले निम्त्याउन सक्ने गम्भीर जोखिमलाई मध्यनजर गर्दै यसलाई व्यवस्थापन गर्न तत्काल विश्वव्यापी संयन्त्र आवश्यक रहेको औँल्याएका छन् । उनले ‘बहुपक्षीय एआई जोखिम व्यवस्थापन फ्रेम वर्क’ निर्माण गर्न विश्वका शक्तिशाली राष्ट्रहरूलाई आह्वान गरे । महासचिव गुटेरेसले एआई प्रविधिको विकास मानिसको बुझाइभन्दा धेरै गुणा तिब्र गतिमा भइरहेकोमा चिन्ता व्यक्त गरे । उनले प्रविधि आफैँमा खतरा नभए पनि जबाफदेहिता र पारदर्शिताको अभावमा यसले गम्भीर संकट निम्त्याउन सक्ने चेतावनी दिए ।

उनले भने, ‘आजको शक्ति डेटा, कम्प्युटिङ क्षमता र एल्गोरिदममा निहित छ, जुन निकै थोरै मानिस वा कम्पनीको हातमा केन्द्रित छ ।’

शीतयुद्धको समयमा परमाणु हतियारको जोखिम व्यवस्थापन गर्न विश्वका शक्ति राष्ट्रहरूले जसरी साझा संयन्त्र बनाएका थिए, अहिले एआईको सन्दर्भमा पनि उस्तै तत्परता आवश्यक रहेको गुटेरेसको भनाइ छ । उनले एआई प्रविधिमा अग्रणी भूमिका खेलिरहेका मुलुकहरूले सुरक्षा जोखिमका जानकारी आदानप्रदान गर्ने र साझा सुरक्षा मापदण्ड निर्माण गर्नेतर्फ काम गर्नुपर्नेमा जोड दिए । 

राष्ट्रसंघले ‘ग्लोबल डिजिटल कम्प्याक्ट’ र ‘इन्डिपेन्डेन्ट इन्टरनेशनल साइन्टिफिक प्यानल’ मार्फत एआईको सुशासनका लागि आधार तयार गरिसकेको भए पनि अबको कदम थप कडाइका साथ अघि बढाउनुपर्ने उनको भनाइ छ । विशेषगरी, बालबालिकालाई परीक्षणको साधन बनाउन नहुने र जीवन–मरणको निर्णय लिने अधिकार कहिल्यै पनि मेशिनलाई दिन नहुनेमा उनले जोड दिए । महासचिव गुटेरेसले एआईको विकास मानवहितमा हुनुपर्ने र यसमाथि कुनै पनि अवस्थामा मानवीय नियन्त्रण र निगरानी अनिवार्य रहेको भन्दै ‘किलर रोबोट’ को अवधारणालाई भविष्यमा कुनै स्थान दिन नहुने स्पष्ट पारे । 

0 Comments