८ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अत्यधिक वर्षाको पूर्वानुमान : कर्मचारीलाई बिदामा नबस्न र प्रमुख प्रशासकीय अधिकृतलाई सम्पर्कमा रहन आग्रह

अ+ अ-

काठमाडौँ । असोज ९ देखि ११ गतेसम्म अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमानपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीलाई उक्त अवधिमा बिदामा नबस्न आग्रह गरेको छ। मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरूलाई आफूसँग नियमित सम्पर्कमा रहन पनि भनेको छ।

मन्त्रालयको विपद् व्यवस्थापन तथा सामाजिक समावेशीकरण शाखाले मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त पूर्वानुमानका आधारमा सबै स्थानीय तहलाई पत्राचार गरेको हो। सम्भावित विपद्मा जनशक्ति परिचालन र समन्वय गर्न सकिने गरी तयारी अवस्थामा रहन मन्त्रालयले आग्रह गरेको छ।

पत्रमा स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसेर पूर्वतयारी गर्न र त्यसको जानकारी मन्त्रालयमा पठाउन भनिएको छ। जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा सार्ने तथा सामुदायिक भवन र विद्यालयलाई अस्थायी आश्रयस्थलका रूपमा तयार राख्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ।

सम्भावित जोखिमबारे नागरिकलाई समयमै जानकारी गराउन वडा कार्यालयमार्फत माइकिङ गर्न र स्थानीय एफएम तथा सामाजिक सञ्जालबाट सूचना प्रवाह गर्न मन्त्रालयले भनेको छ।

0 Comments